मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

योग्यता मिचेर नियुक्ति, सर्वोच्चको हस्तक्षेपमा वायुसेवा निगम अध्यक्ष पद बदर

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

झापा / सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति बदर गर्दै सरकारलाई नयाँ निर्णय गर्न आदेश दिएको छ। अदालतले सरकारले छनोट समितिको सिफारिस र योग्यता क्रम मिचेर नियुक्ति गरेको ठहर गरेको हो।

संयुक्त इजलासले सरकारको ३१ वैशाख २०८३ को निर्णय बदर गर्दै नियुक्ति प्रक्रिया सुशासन, पारदर्शिता र मेरिट प्रणालीअनुसार पुनः सञ्चालन गर्न परमादेश जारी गरेको छ। अदालतका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट समितिले तयार गरेको योग्यताक्रमलाई बेवास्ता गर्दै सरकारले आफूखुसी उम्मेदवार नियुक्त गर्न मिल्दैन।

यो विवाद उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटबाट सुरु भएको थियो। कार्की छनोट समितिको सिफारिस सूचीमा पहिलो स्थानमा रहे पनि सरकारले उनलाई नियुक्त नगरी अन्य उम्मेदवारलाई अध्यक्ष बनाएको दाबी गरेका थिए। अदालतले यही दाबीलाई आधार मानेर नियुक्ति प्रक्रियामा कानुनी त्रुटि भएको निष्कर्ष निकालेको हो।

सरकारले श्रेष्ठसहित पाँच सदस्यीय सञ्चालक समिति गठन गरेको थियो। सर्वोच्चको आदेशसँगै ती नियुक्तिहरू स्वतः निष्प्रभावी भएका छन् र अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट समितिको सिफारिस र योग्यताक्रमलाई आधार बनाएर नयाँ निर्णय गर्नुपर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै