मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

वीरगञ्जबाट जीवनमरणको दोसाँधमा छटपटाइरहेका गोबिन्द मगरको मानवसेवा आश्रमद्वारा उद्धार

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

झापा / वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित एक जिर्ण टिकट काउन्टरभित्र दाहिने आँखामा गम्भीर घाउ, त्यसैमा सयौँ किरा परेर भयावह अवस्थामा जीवनमरणको दोसाँधमा छटपटाइरहेका एक वृद्धको मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरेको छ।

स्थानीयहरूले घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारको आग्रह गरेपछि आश्रमको टोली त्यहाँ पुगेको थियो। आँखाभित्रसम्म खाइदिएको ठूलो घाउ, त्यसैमा चलमलाइरहेका किरा, चारैतिर फैलिएको तीव्र दुर्गन्धले उनी बसिरहेको ठाउँ नजिक पुग्न पनि कठिन अवस्था थियो। असह्य पीडाका कारण उनले टाउकोमा कपडा बाँधेर कयौँ दिनदेखि टहरामा एक्लै छटपटाइरहेका अवस्थामा देखिन्थे । दुवै आँखाबाट दृष्टि गुमाइसकेको र बोल्ने क्षमता समेत न्यून रहेको रहेको हुँदा उनी आफ्नो परिचय दिन मात्र सक्षम थिए । 

उद्धारपछि परिचय खुलाउँदै उनले आफ्नो नाम गोबिन्द मगर, घर पाल्पाको खानीगाउँ, बुवाको नाम होमबहादुर मगर तथा भाइ विष्णु मगर रहेको जानकारी दिए।

कति समयदेखि त्यसरी उपचारविहीन अवस्थमा बसिरहे भन्ने यकिन गर्न सजिलो थिएन । समयमै पर्याप्त उपचार नपाउँदा घाउले विकराल रूप लिँदै गएको र जीवनसमेत जोखिममा पुगेको अनुमान गर्न सकिन्थ्यो । 

स्थानीय र नेपाल प्रहरीको सहकार्यमा गरिएको उद्धारपछि आश्रमले उनलाई तुरुन्तै नारायणी अस्पताल पुर्‍यायो। प्रारम्भिक ड्रेसिङ र उपचारपछि थप जाँचका लागि पुनः दृष्टि आँखा अस्पताल र ग्लोबल मेडिकल कलेजमा लग्यो। तर अवस्था अत्यन्तै जटिल देखिएपछि चिकित्सकको सल्लाह अनुसार हाल उनलाई भरतपुर क्यान्सर अस्पताल, चितवन लगिएकाे मानवसेवा आश्रमकी पर्सा जिल्ला संयोजक मुना पुलामी मगरले बताउनुभयो।

आश्रमले गोविन्द मगरका परिवारजन तथा स्थानीय जनप्रतिनिधिलाई शीघ्र सम्पर्कमा आउन अपिल गरेको छ। साथै उद्धारपछि हाल उनको आश्रमले हेरचाह,  सम्पूर्ण उपचार र  संरक्षणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार