मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मेची प्रादेशिक अस्पताल भित्र कर्मचारी मृत भेटिए

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।  भद्रपुर नगरपालिका–१० कलबलगुडीका अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधबार बिहान ८ः५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  सीसी टिभी फुटेज हेर्दा शर्मा गएराती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिएकाे प्रहरीकाे भनाइ छ  ।  बुधबार  बिहान सरसफाई कर्मचारीले कोठाभित्र शव देखेपछि हो-हल्ला गरेका थिए । 

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएकाे छ । आत्महत्या गर्नु पर्ने कारण भने खुलिनसकेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार