मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

ओमसाईमा डियुटी गर्दागर्दै मृत्यु भएका सेक्युरिटी गार्डका परिवारलाई ३ लाख ६७ हजारको चेक हस्तान्तरण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै मृत्यु भएका सेक्युरिटी गार्ड इन्चार्ज भद्रपुर- ६ का कुमार बोगटीको परिवारलाई सिटीजन लाइफ इन्स्योरेन्सले सामूहिक म्यादी जीवन बिमा रकम बराबरको चेक हस्तान्तर गरेको छ । 

हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम) ले मृतककी श्रीमती सुभद्रा बोगटीलाई सामूहिक म्यादी जीवन बिमा बापतको ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । अस्पतालले कर्मचारीहरूको सामूहिक म्यादी जीवन बिमा गरिदिए वापतको बिमा रकम ३ लाख ५० हजार र काजक्रिया खर्च बापत १७ हजार ५०० गरी जम्मा ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक बिमा नियमावली अनुसार प्रदान गरिएको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख उत्तम कोइरालाले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख दीप पौडेल, अस्पतालका प्रशासक मनोज दाहाल, सिटीजन लाइफ इन्स्योरेन्स चन्द्रगढी शाखा प्रमुख विपिन राई लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा लामो समय सम्म सेक्युरिटी गार्ड इन्चार्ज रहेका बोगटीको  गत माघ २९ गते बिहान हृदयाघातको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै