मुख्य समाचार
भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल |
मुख्य समाचार
भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल |


भद्रपुर नगरपालिकामाथि जनताका धेरै गुनासा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
६ आषाढ २०८१, बिहीबार

झापा शिक्षा , स्वास्थ्य लगायत विकास निर्माणका कामहरूमाथि  नगरवासीले धेरै गुनासा राखेका छन् ।  भद्रपुर नगरपालिकाले विहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीहरुले  गुनासा मात्रै राखे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा लक्षमण बस्नेतले नगरपालिका भित्र शिक्षा तथा विकास निर्माणका काममा घोटाला हुने गरेको बताउदै सेवाग्राहीको कामकाजमा कर्मचारीले अनाहकमा दुख दिने गरेको गुनासो पोखे । उनले शिक्षा शाखामा कार्यरत प्रेम बहादुर भुजेल र योगेन्द्र पौडेल विद्यालयमा पढाउन नजादा नगरमा बेरुजु देखा परेको बताए । विभाग र सम्बन्धित निकायले नगरलाइ पटक पटक परिपत्र गरेपनि कार्यान्वयन नगरेकोमा आपत्ति जनाएका थिए ।
 प्रेम खनालले नगरपालिकाले सार्वजनिक विदाको दिन भन्दा बाहिर गएर सार्वजनिक सुनुवाई कार्यक्रम राखेकोमा आपति जनाउदै नगरपालिका भित्रका सडक निर्माण कार्यमा भ्रष्टाचार , प्रादेशिक अस्पताल भरद्रपुरको नयाँ भवनमा देखिएको लापारवाहीका बारेमा गुनासा राखेका थिए । कर्मचारी समायोजनमा  चरम लापरबाही भएको बताउदै सेवाग्राहीको काममा ढिला सुस्ती हुने गरेको उनको आरोप थियो ।
कार्यक्रममा बोल्दै प्रेम न्यौपाने लगायतका नगरवासीले जीपी भवन लगायतको चिस्यान केन्द्रको पुनः निर्माणका लागि नगरपालिकाले कुनै पहल नगरेको, विकास निर्माणका कार्य गुणस्तरीय हुन नसकेको, शिक्षाको स्तरोन्नति हुन नसकेको , पालिका भित्रका विद्यालयमा अध्ययनरत छात्रछात्रा लाई १० प्रतिशत छात्रावृति नदिएको, खानेपानी, विजुली लगायतका कुनै समस्याको नगपालिकाले समाधान गर्न नसकेको गुनासा राखेका थिए । उनीहरुले नगरमा भएका बेथितिको अन्त्य गर्न माग गरेका थिए । स्थानीयले झापा कारागारबाट निस्किएको फोहोर मैलाले गाउँनै दुर्घन्दित हुँदा समेत कुनै वैकल्पीक उपाय नअपनाएको उल्लेख गरेका थिए । भद्रपुर विर्तामोड सडक खण्डमा भएको ढिलासुस्ती र देउनीय पुल देखी चन्द्रगढी भैरब चौक सम्मको सडक नबन्नुमा आपत्ती जनाएका थिए ।
नगरवासीले उठाएका सवालमा नगरप्रमुख गणेश पोखरेलले चित्त बुझ्दो जवाफ नदिएको भन्दै केहीवेर विवाद उत्पन्न भएको थियो । नगरप्रमुख पोखरेलले  भएका गतिविधिका बारेमा जानकारी दिंदै नगरवासीको सुझावलाई मध्यनजर गरी कमिकमजोरी सच्याउदै आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता जनाए । नगर प्रमुख पोखरेलले गिरिजाप्रसाद कोईराला स्मृति भवन पुनः निर्माणको जिम्मा नगरपालिकालाई आएको, चिस्यान केन्द्र तत्काल पुन निर्माणका लागि प्रकृया अगाडि बढाइने बताउदै आगामी आर्थिक वर्ष २०८१÷२०८२ को शुरुदेखि कर्मचारीहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने बताए । शिक्षा शाखाको उत्पन्न विवाद प्रक्रिया अनुसार नै भएको उनको भनाइ थियो ।
उप प्रमुख राधा कार्कीले न्यायिक समितिले व्यवहारिक कुराहरुलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले अनियमिता गर्ने कर्मचारिलाई कारवाहीको दायरामा ल्याइने बताए । नगर भित्र भइरहेका योजना निर्माणका लागि आफैले अनुगमन गर्ने गरेको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई,वडाध्यक्ष लगायतले उठेका विषयमा जवाफ दिएका थिए । कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार