मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

दोस्रो एकता स्पोर्टिङ गोल्डकप असोज २५ देखि

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिता हुने भएको छ ।

यही असोज २५ गते देखि कात्तिक ३ गतेसम्म वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको हो ।

एकता स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा झापाका चर्चित ८ वटा टिमको सहभागिता रहने संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

प्रतियोगिताको लागि राजगढ फुटबल क्लब, जलथल फुटबल क्लब, बिर्तामोड युनाइटेड, एकता स्पोर्टिङ क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, दमक फुटबल क्लब, बुट्टाबारी फुटबल क्लब र भद्रपुर फुटबल क्लबको सहभागिता रहने संस्थाका प्राविधिक संयोजक माधव खरेलले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११, उपविजेताले नगद ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलमा प्लेयर अफ द म्याच खेलाडीलाई नगद १ हजार दिइनेछ ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षाकले २ हजार रुपैयाँ पाउने छन् ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको क्लबका सदस्य रमेश उप्रेतीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै