झापा । झापा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड ४३ लाख ५ हजार
रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना यो आर्थिक
वर्षमा ४७ लाख १२ हजार दुईसय रुपैयाँको कम बजेट आएको हो ।
झापा गाउँपालिकाको सभाहलमा भएको १६औं गाउँसभामा कार्यवाहक अध्यक्ष
अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेकी थिईन् ।
प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ १० करोड ३९
लाख , संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानीकरण अनुदान ११ करोड
७४ लाख , संघीय समपुरक अनुदान ७६ लाख , प्रदेश समानीकरण अनुदान ७३ लाख ४१
हजार , प्रदेश राजश्व बाँडफाँटमा ४४ लाख ७९ हजार , घरजग्गा रजिष्ट्रेशन
दस्तुरमा ५० लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , प्रदेश समपूरक
अनुदान १ करोड र आन्तरिक आय १ करोड ५० लाख रुपैयाँ गरी ४९ करोड ४३ लाख ५
हजार रुपैयाँ अनुमानित आय हुने बजेटमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले व्ययतर्फ चालु खर्च शिर्षकमा सम्पूर्ण क्रियाकलापहरुका
लागि एकमुष्ट रु ६ करोड ६९ लाख रुपैयाँ विनियोजन गर्दै पूँजीगत खर्चमा
आर्थिक विकासतर्फ १ करोड ८४ लाख , पूर्वाधार विकासतर्फ १० करोड २८ लाख , वन
वातावरण विपद तथा सरसफाईतर्फ २१ लाख , संस्थागत विकास सेवा प्रवाह तथा
सुशासनतर्फ ५५ लाख सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार , संघीय सशर्त
अनुदान २१ करोड ७३ लाख , संघीय समपूरक अनुदान ७६ लाख , प्रदेश सशर्त अनुदान
६२ लाख ८५ हजार गरी जम्मा अनुमानित व्यय रु ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ
हुने बजेटमा उल्लेख छ ।