मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

सशस्त्र प्रहरीद्वारा ११ कार्टुन जुत्ताचप्पल र ८ बोरा बिडी बरामद

देश प्रदेश डेस्क 5475+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

झापा झापाका सीमा नाकाबाट  भन्सार छलेर नेपाल भित्र्याइएकाे अन्दाजी ४ लाख मूल्य बराबरकाे  सामानसहित सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले आइतबार राति ९ बजेको समयमा झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैको सीमा इलाकाको सन्थालबस्तीबाट भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ११ कार्टुन स्पोर्टस जुत्ता र चप्पल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालले जानकारी दिए । बरामद गरिएको विभिन्न ब्राण्डका २५४ जोर जुत्ता र २४५ जोर चप्पललाई अन्दाजी ४ लाख ४ हजार मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएकाे उनले जनाए  ।

त्यस्तै सशस्त्र प्रहरीको बिओपी नकलबन्दाले  सोमबार बिहान ६ बजे काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ९००४ नम्बरको अटो चेकजाँच गर्दा ४ बोरा भारतीय कम्पनीका सुर्तीजन्य पदार्थ बिडी बरामद गरेको छ ।

त्यसैगरी सोमबार बिहान नै  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएकाे सशस्त्र प्रहरी टोलीले काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ८७४४ नम्बरको अटोबाट पनि ४ बोरा बिडी बरामद गरेको छ । नकलबन्दाको टोलीले एउटा अटो नियन्त्रणमा लिएको र अर्को अटो त्यहाँबाट भगाएपछि गणबाट खटिएको टोलीले सो अटोलाई पनि नियन्त्रणमा लिएको डीएसपी कटुवालले जानकारी दिए । बरामद गरिएको ८ बोरा बिडी दुई लाख रुपैयाँ मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएकाे उनले बताए । दुवै अटो कालो प्लेट नम्बर (भाडामा प्रयोग) हुने साधन भएकोले एक पटकलाई चेतावनी दिएर छाडिदिएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै