मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापा ५ मा १९ वटा मतदानस्थल अति संवेदनशील

देश प्रदेश डेस्क 5476+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

झापा झापा ५ मा सबैभन्दा बढी १९ वटा मतदानस्थल  सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेका छन् ।  दमकमा ९ वटा , गौरादहमा ३ वटा , कमलमा ७ वटा र गौरीगंजमा एउटा मतदानस्थल अति संवेदनशील रहेकाे सुरक्षा स्राेतले जनाएकाे छ ।

जिल्लामा जम्मा २८५ वटा मतदान स्थल र ८१५ वटा मतदानकेन्द्रहरु तोकिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदातालाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थल र मतदानकेन्द्रको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अति संवेदनशीलका रुपमा राखिएको बताए ।
जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए ।

जिल्लाका २८५ मतदानस्थल र ८१५ वटा मतदानकेन्द्रमध्ये ९५ वटा मतदानस्थल र २८६ वटा मतदानकेन्द्र अति संवेदनशील रहेका हुन् । झापा क्षेत्र नं १ मा १६ वटा मतदानस्थल र ५४ वटा मतदानकेन्द्र , क्षेत्र नं २ मा १६ वटा मतदानस्थल र ५५ वटा मतदानकेन्द्र , क्षेत्र नं ३ मा १९ वटा मतदानस्थल र ४० वटा मतदानकेन्द्र , क्षेत्र नं ४ मा २५ वटा मतदानस्थल र ६७ वटा मतदानकेन्द्र तथा क्षेत्र नं ५ मा सबैभन्दा बढी १९ वटा मतदानस्थल र ७० वटा मतदानकेन्द्र अति संवेदनशील रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै