झापामा दश महिनामा ३ सय ७२ जना लागूऔषधमा पक्राउ

देश प्रदेश डेस्क 5096+ समाचार ( )
५ जेठ २०८१, शनिबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा जिल्लामा पछिल्लो समय लागूऔषधका मुद्धाको चाङ निक्कै ठुलै छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को दशमहिनामा यसमा संलग्न स्वदेशी र विदेशी गरी कुल ३ सय ७२ जना पक्राउ परीसकेका छन्

जिल्लाका डिएसपी कृष्ण कुमार चन्दका ३ सय २५ पुरुष र २५ महिलागरी कुल स्वदेशी ३ सय ५० जना र १८ पुरुष र ४ जना महिला गरी कुल २२ जना विदेशी लाई झापा प्रहरीले नियन्त्रणमा लिएको हो । सोहि अवधिमा लागुऔषधका २ सय ४० वटा मुद्धा दर्ता भएका छन् । सो अवधिमा हिरोईन १ हजार ९ सय ४४ ग्राम ४ हजार ६ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाजा बरामद गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । चोरी झै झगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेका छन् । प्रहरीको अभिलेख अनुसार हरेक महिना यस्ता मुद्धाका घटनामा बढोत्तरी छन् ।

चालु आवको शुरु साउन महिनामा ३४ पुरुषसहित ३७ जना पक्राउ परेका थिए । बैशाख महिनासम्म आइपुग्दा ४९ पुगेको छ । सवैभन्दा बढी फागुनमा ५१ स्वदेशी पुरुष ७ स्वदेशी महिला २ विदेशी पुरुष र १ विदेशी महिला गरी कुल ६१ जना मानिस पक्राउ परेका छन् । त्यो महिना प्रहरी कार्यालयमा ३९ वटा मुद्धा दर्ता भए । ७० ग्राम ५ सय मिलग्राम गाजा र ३ सय ३५ ग्राम ९ सय ९० मिलिग्राम हिरोईन प्रहरीले फेला पारेको थियो ।  चन्दका अनुसार चैतमा ५५ स्वदेशी पुरुष, २ स्वदेशी महिला र २ विदेशी पुरुषगरी कुल ५९ जना मानिस पक्राउ परेका छन् । त्यो महिना लागूऔषध सम्बन्धका ३७ वटा मुद्धा दर्ता भएका थिए । १ केजी ४ सय ७९ ग्राम ४ सय मिलिग्राम गाजा चैतमा प्रहरीले बरामद गरेको अभिलेखले देखाएको छ ।

पछिल्लो समय लागूऔषध ओसारपसार तथा सेवनकर्ताको विगविगी बढेसँगै झापा प्रहरी पनि उनीहरुलाई नियन्त्रणमा लिन तथा कानुनी कारवाहीमा सक्रियपूर्वक लागेको उनले जनाए ।

झापा प्रहरी लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिन पनि पछिल्लो समय निक्कै आक्रमकरुपमा प्रस्तुत हुँदैं लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै आएको उनले जानकारी दिए ।

लागूऔषध प्रयोगकर्ताका कारण जिल्लामा विभिन्न आपराधिक क्रियाकलापमा वृद्धि भएपछि प्रहरी यस विरुद्ध कडारुपमा प्रस्तुत भएको उनकाे  भनाई छ ।







प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार