मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरमा प्याब्सनका नाममा भइरहेको शोषण सच्याउन माग

देश प्रदेश डेस्क 5418+ समाचार ( )
५ पौष २०८०, बिहीबार

 झापा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सनको नाममा भइरहेका शोषण अविलम्व सच्याउन माग गरेको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार गत वर्ष सम्पन्न आधारभूत तह उत्रीर्ण परीक्षा २०७९ को प्रश्नपत्र परीक्षण गरेको पारिश्रमिक रोकेर प्याब्सन भद्रपुरले शिक्षकमाथि गरेको आर्थिक शोषण अविलम्व सच्याउन माग गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ — आधारभूत तह उत्र्रीण परीक्षाको मुख्य जिम्मेवार नगर शिक्षा शाखा भए पनि भद्रपुर नगर प्याब्सनलाई परीक्षाको आर्थिक कारोवार जिम्मा लगाएर प्रति विद्यार्थी रू ५००।— परीक्षा शुल्क २०७९ चैत्र महिनामै उठाएर सोही समयमा परीक्षा सम्पन्न गरी परीक्षा फल समेत प्रकाशन गरेको १० महिना पूरा हुँदा समेत उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकको परिश्रमिक दिन आलटाल गरिरहेकोमा आपत्ति प्रकट गरिएको छ ।

नगर सरकारले समेत संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबाट रू ५००।— र सामुदायिक विद्यालयका विद्यार्थीबाट रू २००।— मात्र परीक्षा शुल्क लिन दिएको स्वीकृति समेत नियम विपरित भएको ठहर गरिएको छ । परीक्षा एउटै, प्रश्नपत्र र उत्तर पुस्तिका एउटै भए पनि नगर शिक्षा समितिले देशमै नभएको निजी र सामुदायिक गरी विद्यार्थीको टाउको गनेरै गरेको विभेदले प्याब्सनलाई व्यापार गर्न दिएको मौन अनुमतीमाथि नै प्रश्न उठाइएको छ । नगर सरकारकै कारण बालबालिकामाथि भइरहेको आर्थिक शोषण देखिने विभेद अविलम्व सच्याउन माग गर्दै आधारभूत तह उत्र्रीण परीक्षा प्याब्सन, एन प्याब्सनलाई ठेक्कामा नदिन समेत अनुरोध गरिएको छ ।

यस्तै प्याब्सन, एन प्याब्सनसित संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमती विपरित भद्रपुर ७ मा रहेको फुलमुन एकाडेमी र भद्रपुर ९ मा रहेको ग्यालेक्सी इग्लिस स्कुलले शुक्रवारको आधा विदा कटौती गरेकोमा आपत्ति जनाउँदै शिक्षक कर्मचारीमाथिको शोषण नरोके प्रतिकारमा जाने समेत स्पष्ट पारिएको छ ।

भद्रपुरमा रहेका ३१ वटा संस्थागत विद्यालयहरू मध्ये अधिकाम्स विद्यालयले प्याब्सन एन प्याब्सनको निर्णय भन्दै सार्वजनिक विदा अतिक्रमण गर्ने, तोकिएको न्युनतम पारिश्रमिक नदिने, राज्यको नीति नियम विपरित गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक रमिते भइरहेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार