मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

कांग्रेसले गिरीबन्धु टी-इस्टेटमा ओलीको नाम जोडेको भन्दै एमालेको आपत्ति

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

झापा । सत्तारूढ नेकपा (एमाले) ले पछिल्ला दिनमा नेपाली कांग्रेसले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही, प्रायोजित, तथ्यहीन, भ्रामक र प्रतिशोधपूर्ण लाञ्छना लगाएको बताएको छ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता र प्रतिपक्षी कांग्रेस नेताहरूबीच भएको छलफलमा पनि एमालेले यो विषय उठान गरेको छ।

कांग्रेसका नेताहरूले पछिल्लो समय गिरीबन्धु टी-इस्टेटबारे अभिव्यक्ति दिँदै आएका छन्।

‘कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले बालुवाटारमा पत्रकारहरूसँग भने, ‘एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा कांग्रेस लागेको छ।’

‘पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्षविरूद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहिन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन्,’ उनले भने, ‘आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न कांग्रेसलाई आग्रह गर्दछु। कांग्रेस आफ्ना अभिव्यक्तिबाट पछि हट्दैन भने एमाले यस्ता अभिव्यक्तिका विरूद्ध राजनीतिक रूपमा प्रतिवादमा उत्रन्छ।’

अध्यक्ष ओलीलाई लक्षित गरेर कांग्रेसले लगाएको आरोपबारे कांग्रेसले लिखित रूपमा क्षमायाचना गर्नुपर्ने उनले बताए।

‘अध्यक्ष ओलीलाई टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नुपर्दछ, सार्वजनिक रुपमा माफी माग्नुपर्छ,’ उनले भने, ‘अन्यथा कांग्रेससँग हाम्रो सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। कांग्रेसले बुझोस्, एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरु सुनेर बसिरहने पक्षमा छैन।’

आइतबार प्रदर्शनी मार्गमा कांग्रेसले गरेको विरोध प्रदर्शन र खुला सभामा पनि गिरीबन्धु टी-इस्टेटको प्रसंग उठेको थियो। महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धनलाई 'सहकारीबन्धु' गठबन्धन भनेका थिए। साथै 'सहकारीबन्धु' गठबन्धन भनेकोमा अध्यक्ष ओलीले केही दिन अघि बालुवाटारमा असन्तुष्टि पोखेकोसमेत शर्माले सुनाएका थिए।

सहकारी ठगी प्रकरणमा ओली संसदीय छानबिन समिति गठनका पक्षमा नरहेको शर्माको भनाइ थियो। सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरीबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली रहेको शर्माले बताएका थिए। एमालेले गिरीबन्धुको नाम नलिई कांग्रेसले दिएका पछिल्ला अभिव्यक्ति भन्दै यसप्रति लक्षित गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार