मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

झापामा डेंगी सक्रमणबाट मृत्यु हुनेको संख्या पाँच,संक्रमित २ हजार नाघे

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण तीब्र रुपमा बढ्दै जानेक्रममा थप एकजनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टाका ३५ वर्षिय नन्दलाल गुरुङको डेंगी संक्रमणबाट मृत्यु भएको हो । भदौ ११ गते नै बीएण्डसी हस्पिटलको आइसियुमा उनको मृत्यु भएको हो । पुष्टि गर्न समय लागेकाले ढिलोगरी रिपोर्ट सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन महिनायता झापामा डेंगी संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । साउन महिनामा तीन र भदौमा दुईजनाको मृत्यु भएको हो ।

त्यस्तै झापामा डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । हिजो भदौ २२ गतेसम्म जिल्लाका २ हजार २७ जना डेंगी संक्रमित भएका छन् । ६ हजार ११३ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । जुन करिव ३३ प्रतिशत हो । अहिले जिल्लाका विभिन्न अस्पतालहरुमा १११ जना डेंगी संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार