मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

इजरायलमा नेपालीको मृत्यु : भोलि राष्ट्रिय शोक, पीडित परिवारलाई १० लाख राहत

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

 झापा प्यालेस्टाइनी सशस्त्र लडाकु समूह हमासको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएपछि सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बेलुकी मन्त्रीपरिषद्‌को आकस्मिक बैठक राख्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।

आक्रमणमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रीपरिषद्‌ बैठकले गरेको छ ।  सरकारी प्रवक्ता एवम्‌ सूचना तथा सञ्‍चार प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्‌ बैठकका निर्णयबारे जानकारी दिएकी हुन्‌ ।

शर्माका अनुसार सरकारले इजरायलका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका र नेपाल फर्कन चाहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउनेगरी काम अघि बढाउने निर्णय पनि गरेको छ ।

शनिबार बिहान प्यालेस्टाइनी हमासले इजरायलको दक्षिणी क्षेत्रमा अपर्झट आक्रमण गर्दा नेपालबाट कृषि अध्ययन गर्न गएका १० नेपालीको मृत्यु भएको छ । एक नेपाली बेपत्ता छन्‌ । आधादर्जन गम्भीर घाइते छन्‌ ।

अन्य देशले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारे पनि नेपाल सरकारले भने आक्रमण भएको तीन दिनसम्म इजरायलमा रहेका नागरिकलाई बंकरभित्रै बस्न भनेको छ । सोमबार बेलुकीमात्रै इजरायली सेनाले गाजापट्टीतर्फ रहेको एउटा बंकरबाट केही नेपालीलाई उद्दार गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार