मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

मागुरमाडीमा ‘मेकाडामिया नट्स’ खेति

देश प्रदेश डेस्क 5351+ समाचार ( )
८ आषाढ २०८३, सोमबार
झापा ।  हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्न थालेपछि मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दाले ‘मेकाडामिया नट्स’का बिरुवा राेप्न थालेका छन् । स्थानीय भूपेन्द्र तामाङले व्यावसायिक खेती सुरु गरेका हुन् ।
इन्जिनियर समेत रहेका तामाङले टुकु कृषि फार्म दर्ता गरी छ वर्षअघि दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा लगाएका छन् ।  पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा रु दुई सयका दरले बिरुवा खरिद गरेर नेपालमा पहिलोपटक  ‘मेकाडामिया नट्स’ को व्यावसायिक खेती सुरु गरेकाे जनाएका छन् ।
ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइने भएकाले अन्तरराष्ट्रिय बजारमा ‘मेकाडामिया नट्स’लाई महँगो फल मानिन्छ । जङ्गलको छेउमा खेतबारी भएकाले कुन बाली सुरक्षित होला भनी खोजी गर्ने क्रममा  यसको बारेमा थाहा पाएको तामाङले बताए ।
“न बाँदरले टोकेर खान सक्छ, न हात्तीको सुँढले सोहोर्न सक्छ भन्ने थाहा पाएपछि पोखरा पुगेर बिरुवा ल्याएँ”, खेती सुरु गर्दाको अनुभव साझा गर्दै उनले भने । यसको बोटको पातमा काँडा हुने र फल अत्यन्तै कडा हुने भएकाले वन्यजन्तुले यसलाई बिर्गान सक्दैनन् । पोथ्रे बोटमा झुप्पा बनेर फल्ने यो फल भदौमा पाक्ने गर्दछ, जसलाई चराचुरुङ्गीलेसमेत क्षति पुर्याउन सक्दैनन् ।”
पुराना सुपारी बगानभित्र खाली रहेको स्थान उपयोग गरी मेकाडामिया राेपेकाे बताए । सुपारीका अतिरिक्त एक किलोभन्दा बढी तौल हुने आँप, सावर सप, आल्मन्ड, नासपाती, अमेरिकन आरु, कालो आँप, एभोकाडो, ल्वाङ, सीताफललगायत दर्जन बढी प्रजातिका फलफूल हुर्किएका छन् ।
विभिन्न प्रजातिका फलफूल भए पनि उहाँले ‘मेकाडामिया नट्स’लाई प्राथमिकता दिनुभएको छ । गत वर्षदेखि सामान्य फल्न सुरु गरेको यो खेतीले यसपालि मनग्य उत्पादन दिएको छ । अन्तरराष्ट्रिय बजारमा प्रशस्त निर्यातको सम्भावना रहेको यो फल नेपाली बजारमा प्रतिकिलो रु दुई हजारका दरले सजिलै बिक्री हुने उहाँले जानकारी दिनुभयो ।
केही समयअघिको असिनापानीले उत्पादनमा सामान्य क्षति पुर्याए पनि यस वर्ष फार्मबाट दुई हजार किलो फल उत्पादन हुने आँकलन गरिएको तामाङले जानकारी दिए । जसबाट चालु याममा मात्रै रु ४० लाख आम्दानी हुने उनको भनााइ छ । खेती सुरु गरेदेखि हालसम्म करिब रु १४ लाख लगानी भइसकेको जनाउँदै यस वर्ष मात्रै रु २५ लाखभन्दा बढी खुद मुनाफा हुने तामाङले दाबी गरे ।
कृषि ज्ञानकेन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा अन्यत्र यसको व्यावसायिक खेती हालसम्म नभएको बताए । बुद्धशान्ति, अर्जुनधारालगायत केही पालिकामा शौखका लागि किसानले एकाध बोट रोपेको पाइए पनि तामाङले गरेको यो खेती सरकारी निकायका लागिसमेत चासो र अध्ययनको विषय बनेको उनले बताए ।

अस्ट्रेलियाको जङ्गलमा उत्पत्ति भएको र ‘अस्ट्रेलियन नट्स’ समेत भनिने यो फल नेपालमा पहिलोपटक सन् १९६२ मा त्रिशूली फार्ममा भित्राइएको इतिहास छ । हाल नेपालको त्रिशूली फार्मसहित विभिन्न कृषि अनुसन्धान केन्द्र र पोखरा आसपासका क्षेत्रमा यसको खेती विस्तार भइरहेको छ ।
‘मेकाडामिया नट्स’को बोट कडा र जराहरू झाडीजस्तो हुने भएकाले यो प्रतिकूल हावापानी, मौसम र माटोमा पनि सजिलै फस्टाउन सक्छ । यसका लागि गर्मी समयको औसत तापक्रम २५ देखि ३२ डिग्रीसेन्टिग्रेड उपयुक्त मानिने कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख विष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार