मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

ब्राउनसुगरसहित दुई जना झापामा पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

झापा झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ मदनपुर बस्ने ३७ वर्षीय दिलबहादुर विश्वकर्मा र बिर्तामोड नगरपालिका वडा न. ५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी राय रहेका छन् । गएराति  अर्जुनधारा नगरपालिका वडा नं.३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै राति ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा न. ६ पुरानो मेची पुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका सुमन भन्ने सूर्यवंशी रायलाई शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको साथबाट प्लास्टिकसहित २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । रायलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै