मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

तमोर नदीमा आएकाे बाढीले पाँच करोडको बेलिब्रिज बगायो

देश प्रदेश डेस्क 5476+ समाचार ( )
साङ्केतिक तस्बिर
८ श्रावण २०८२, बुधवार

झापा / अविरल वर्षातपछि तमोर नदीमा आएकाे बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीकाे बेलिब्रिज बगाएको हो।

ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । चार बर्षअघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज बनाएको थियो ।

बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो । यसैगरी वडा नं ६ लेलेपको साँघु बगर क्षेत्रमा फाङवारी स्कुलको छेउबाट पहिरो गएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिएका छन्।

पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जानकारी दिए । स्थानीयले पालिकाको वडा नं ५ सोत्लिमा क्षेत्रमा केही घर पहिरोले पुरेको आशंका गरेका छन्।

तर जोखिम क्षेत्रका मानिसहरू पहिरोको जोखिम देख्ने बित्तिकै सुरक्षित स्थानमा सरेकोले पहिरोका कारण मानवीय क्षति नभएको स्थानीयको दाबी रहेको छ । फक्ताङलुङ गाउँपालिकाले तमोर खोलामा पानीको सतह बढेकोले खोला तथा नदीको किनारमा रहेका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार