मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार
न्युयोर्क डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलिरहेको समयमा फेरि गोली प्रहार भएको छ ।

उनीमाथि गोली प्रहार गर्ने रेन विस्ली राउथ रहेको र उनलाई पक्राउ गरिसकिएको छ ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए ।

फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए।

घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ । फ्लोरिडाको रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स ३ व्यस्त सडकको बिचमा छ ।

अमेरिकी गुप्तचर निकायले इरानको ट्रम्प माथिको साइबर र शारिरिक आक्रमणको योजना रहेको थप शङ्का गर्ने आधारहरू बढ्दै गएको जनाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अझ बलियो भएको बताउँदै आफू कहिले पनि हरेस नखाने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार