मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

हात्तीपाइले अभियानमा भद्रपुर असफल

देश प्रदेश डेस्क 5487+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा । हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ । बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्‍याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो ।
बैशाख १६ गतेदेखि ३० गतेसम्म अभियान सञ्चालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधि सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधि सेवन गराएको थियो ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८४ प्रतिशतले औषधि सेवन गरेका छन् । बैशाख १६ देखि बैशाख ३० गतेसम्म सञ्चालित आम औषधि कार्यक्रम अन्तर्गत ७९.४६ प्रतिशतले औषधि सेवन गरेकोमा थपिएको म्यादमा सङ्ख्या बढेर ८४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार