मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

चन्द्रगढी सामुदायिक वन समूहद्धारा दिगाे वन व्यवस्थापन कार्यान्वयन पारित

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२७ माघ २०८२, सोमबार

झापा । भद्रपुरमा रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो विशेष साधारण परिषद्  सभा  सम्पन्न भएकाे छ ।

भद्रपुर ९ देवकोटा चोकमा रहेको मुना भवनमा सोमबार भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख अतिथ्यमा तथा  समूहका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो ।

नगरकी उपप्रमुख समेत रहेकी कार्कीले पानसमा बत्ती बालेर र गमलामा पानी हालेर उद्घाटन गरेको कार्यक्रममा अध्यक्ष खतिवडाले कार्यसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत  गरेका थिए। डिभिजन वन कार्यालय झापाका वन विज्ञ प्रमेश्वर पासवानले दिगाे विकासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मुख्य गरेर विशेष साधारणसभा बाेलाउनकाे उद्देश्य दिगाे वन व्यवस्थापन कार्यान्वयन सभाबाट पारित गराउने रहेकाे थियाे । जसमा,  कार्यसमितिको तर्फबाट वन सम्बर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि अनुसारको कार्ययोजना निर्माण गरी  वन समूहले प्राप्त गरेको ४३०.५९ हेक्टर क्षेत्रफलमा वन सम्बर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्नका लागि  सभाबाट आवश्यक छलफल गरी पारित गराइएकाे थियाे ।
नगरकी उप प्रमुख कार्कीले अहिलेको समयमा वन जोगाउन अति आवश्यक रहेको भन्दै यदि वन रहेन भने हामी पनि नरहने कुरा बताइन्।

अध्यक्ष खतिवडाले दिगो वन व्यवस्थापन कार्यान्वयनमा आए सम्पूर्ण उपभोक्ताहरूलाई धेरै लाभ हुने  बताए।

उपाध्यक्ष श्रीमन नारायण पाैडेलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन कमला थापाले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार