मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२५ पौष २०८०, बुधवार

झापा  जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो।
लामिछानेले मुलु्की अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले ८ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसैगरी पीडित गौशाला–२६ लाई क्षतिपूर्तिस्वरुप दुई लाख दिनुपर्ने निर्णय अदालतले सुनाएको हो।

लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्। ६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।
पुष १३ गते अदालते उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।

पक्ष र विपक्षको बयान,साक्षीका बयान र घटना विवरण,सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गइ पुनःकाठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ। एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको अदालतको ठहर छ।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला–२६ ले लामिछानेविरुद्ध गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। तर, अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको छ।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो।
मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका थिए।

पछि उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए।
पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनी अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश गएका थिए। सर्वोच्च अदालतले गत १५ फागुनमा मुद्दाको चाँडो फैसला गर्न आदेशसमेत दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै