मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |
मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |


झापा अदालतमा एक बर्षमा ११ सय ७१ ओटा सम्बन्ध विच्छेदका मुद्दा फछयौट

देश प्रदेश डेस्क 5218+ समाचार ( )
३१ आषाढ २०८१, सोमबार

झापा झापा जिल्ला अदालतमा एक बर्षमा १५ सय १७ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।  चालु आर्थिक बर्ष २०८०÷०८१ को असार ३० सम्म विभिन्न प्रकृतिका ७ हजार २ सय ओटा मुद्दा दर्ता भएकोमा सवैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेको  अदालतको तथ्यांकले देखाएको हो ।
जिल्ला अदालतले सोमबार सरोकारवालासहित आयोजना गरेको बार्षीक समिक्षा कार्यक्रममा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले गरेको कार्यपत्रले पुष्टि गरेको हो । तथ्याङलाइ केलाएर हेर्दा आगमी बर्षलाइ ३५ सय ६४ ओटा विभिन्न प्रकृतिका मुद्दा जिममेवारी सरेर आएको न्यायाधीश बस्नेतले बताए । दर्ता भएका मुद्दामध्ये ५० दशमलव ५० प्रतिशत फछयौट भएको उनले जनाए ।
सम्बन्ध विच्छेदका ११ सय ७१ ओटा फछयौट भएर  ४ सय बाँकी रहेका छन् ।  अंश चलनमा ९ सय ५३ मा ४ सय २१ फछयौट भइ ५ सय ३२ आगमी बर्षलाइ जिम्मेवारी सरेर आएका छन् । लिखत बदरमा ५ सय ७४ दर्ता हुदै गर्दा १ सय ८५ ओटा फछयौट भएर ३ सय ८९ बाँकी देखिएका छन् ।
त्यसैगरी लागूऔषका ४ सय ३७ मुद्दा मध्ये २ सय ५३ फछयौट भइ १ सय ८४ ओटा बाँकी रहेका छन् । लेनदेन सम्बन्धी मुद्दामा ४ सय २५ ओटा मुद्दा दर्ता हुँदा १ सय ८४ फछयौट भइ २ सय ४१ ओटा फछयौट हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
त्यस्तै चेक अनादरमा दर्ता भएका ३ सय ७४ मुद्दामध्ये १ सय ५६ फछयौट हुदाँ २ सय १८ ओटा फछयौट हुन बाँकी देखिएको छ । जबरजस्ती करणीमा दर्ता भएका २ सय ८६ मुद्दामा १ सय ६३ फछयौट र बाँकी १ सय २३ रहेका छन् । बैङ्किङ कसूरमा २ सय २८ ओटा मुद्दा दर्ता भएकोमा अदालतले ६८ ओटा फछयौट गरी १ सय ६० ओटा फछयौट हुन बाँकी रहेको देखाएको छ । जग्गा किचोलामा ३ सय २५ ओटा मुद्दा दर्ता भएकोमा ८६ ओटा फछयौट भई बाँकी २ सय ४९ रहेको जनाएको छ । ज्यान सम्बन्धी कसूरमा १ सय १७  ओटा मुद्दा दर्ता भइ ५० ओटा फछयौट हुदाँ ६७ ओटा फछयौट हुन बाँकी रहेको उल्लेख छ ।
यसैगरी सवारी ज्यान सम्बन्धी दर्ता भएका १ सय ७० ओटा मुद्दा मध्ये १ सय १८ ओटा फछयौट भइ बाँकी ५२ ओटा रहेको जनाइएको छ । ठगीमा ७८ ओटा मुद्दा दर्ता भएकोमा ४८ ओटा बाँकी रही ३० ओटा फछयौट भएका छन् । त्यसैगरी ७३ ओटा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता भएकोमा अदालतले ३४ ओटालाइ किनारा लगाइ ३९ ओटा मुद्दा नयाँ जिम्मेवारी सरेर आएको उल्लेख गरिएको छ । अदालतमा अन्य मुद्दा भनेर १५ सय ७९ ओटा दर्ता भएकोमा  ७ सय १७ ओटा फछयौट भइ बाँकी ८ सय ६२ ओटा बाँकी रहेको जनाइएको छ ।
फछयौट भएका मुद्दामा अशोक कुमार बस्नेतबाट ८ सय ३६, प्रकाशकुमार अधिकारी ४ सय ४३ ,तेजबहादुर खडका ३ सय ३५ ,इश्वरमणि ओझाबाट ५ सय ८८ ,नगेन्द्रकेशरी पोखरेलले २ सय २८,रामप्रसाद पौडेल ३ सय ३४ र सरुवा भएर गएका न्यायाधीशबाट ८ सय ७२ ओटा मुद्दा फैसला भएको उल्लेख गरिएको छ । न्यायाधीश अधिकारी  ८० माघ १०,खडका फागुन १६ ,पौडेल र पोखरेलले कात्तीक १३ बाट कार्यभार सम्हालेको उल्लेख छ । बर्षका बिचमा न्यायाधीश  सरुवा भएका कारण पनि मुद्दा फटयौटको सङ्ख्या कम हुन पुगेको उनले बताए ।
त्यसैगरी फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरेर आएका ४ सय २३ ओटा मुद्दासहित १२ सय १० ओटामा ७ सय १ ओटा फछयौट भइ बाँकी ५ सय ९ ओटा मुद्दा रहेको जनाइएको छ । अदालतमा परेका विषेश प्रकृतिका निवेदनमा २ सय ७७ ओटा विवाह,अधिकृत वारेसमा २ सय ९३ ,संरक्षक नियुक्ति ५ ,मृत्युको न्यायीक घोषणा १५ रहेको उनले जनाए ।
अदालतले साउन १बाट मार्ग समूह अनुसार फाँट राखेर काम गर्ने जनाएको छ । यस्ता मुद्दाहरु १ सय ८० दिन देखी ५ सय ४५ दिनसम्म फछयौट अबधि रहने उल्लेख छ । लक्ष्य अनुसारको मुद्दा फछयौट नहुनुमा कर्मचारी सरुवा, कर्मचारी अभाव,भवन अपुग लगायतका कारण  भएको  उनले जनाए ।
न्यायाधीश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश तेजबहादुर खडकाले स्वागत गरेका थिए । कार्यक्रममा न्यायाधीशहरु प्रकाशकुमार अधिकारी ,तेजबहादुर खडका ,इश्वरमणि ओझा ,नगेन्द्रकेशरी पोखरेल,रामप्रसाद पौडेल प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, झापा कारागारका जेलर रेगिन भट्टराइ,जिल्ला प्रहरीका एसपी मिलन केसी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायाधीबक्ता रुद्रप्रसाद आचार्य, नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुरज कुमार खत्री, झापा बार इकाइका अध्यक्ष, कानुन व्यवसायी , अदालतका स्रेतेदार किरणकुमार सिह लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत एवम सुचना अधिकारी गायत्री बाह्रकोटीले गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार