मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |
मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |


झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने

भेषराज नेपाल 149+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

झापा / नेपाल जेसीजको गौरवमय इतिहास बोकेको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी २०८३ साल पुस ८ गतेदेखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुने भएको छ।

झापाकाे भद्रपुर ८ मा रहेकाे प्रेस क्लब भद्रपुरकाे सभाहलमा बुधबार आयाेजित पत्रकार सम्मेलन मार्फत लाेगाे सार्वजनिक गर्दै उक्त जानकारी गराएकाे हाे ।

भद्रपुर जेसीजको आतिथ्यमा हुन गइरहेको यो महाधिवेशन नेपाल जेसीजको सबैभन्दा ठूलो उत्सव हो। यस ऐतिहासिक महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न भद्रपुर जेसीज प्रतिबद्धताका साथ अघि बढेको छ।

यस महाधिवेशनमा देशैभरिका करिब २०० शाखाहरूबाट प्रति शाखा ७ जना प्रतिनिधि र ५ जना पर्यवेक्षक गरी करिब ३,२०० जनाको व्यापक सहभागिता रहने जनाइएको छ। जसमध्ये रजिस्ट्रेसनसहित आवासको व्यवस्था भएका १,९०० जना र आवास बाहेकका १,३०० जना रहनेछन्। कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्षहरू, पूर्व शाखा अध्यक्षहरू तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरू समेत पर्यवेक्षकको रूपमा सहभागी हुनेछन्। महाधिवेशनको मूल समारोह भद्रपुरस्थित मेची रंगशालामा आयोजना हुनेछ। अतिथिहरूको आवासका लागि भद्रपुरमा करिब ५०० जना र बाँकीलाई विर्तामोड, धुलाबारी तथा काँकडभिट्टाका होटल तथा लजहरूमा उचित प्रबन्ध मिलाइएको छ।

तीन दिनसम्म चल्ने यस महाधिवेशनमा नेपाल जेसीजको साधारण सभा, नयाँ नेतृत्व चयनका लागि निर्वाचन, आगामी वर्षको कार्ययोजना प्रस्तुति, आय-व्यय प्रतिवेदनमाथि छलफल र आगामी वर्षको बजेट निर्धारण लगायतका मुख्य कार्यहरू सम्पादन हुनेछन्। यसका साथै नेपाल जेसीज तथा अन्तर्राष्ट्रिय जेसीजमा मान्यता प्राप्त प्रशिक्षकहरूद्वारा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि विशेष तालिमहरू प्रदान गरिनेछ। यसका अतिरिक्त महाधिवेशनमा '3A' (Act, Aim, Achievements) विषयमा कार्यपत्र प्रस्तुति, लब्धप्रतिष्ठित व्यक्तिहरूबाट टिप्पणी तथा राय संकलन, मनोरन्जनात्मक कार्यक्रमहरू र विभिन्न क्षेत्रका अध्यक्षहरूको बैठक समेत सञ्चालन हुनेछन्।
महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न १९ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। महाधिवेशनस्थलमा लेडिज तथा जेन्स पार्लर, विभिन्न स्टलहरू, स्तनपान कक्ष, सहभागीहरूका लागि निरन्तर चिया-खाजा, खाना र 'Souvenir Kit Bag' को विशेष व्यवस्था मिलाइनेछ। यो भव्य आयोजन सम्पन्न गर्न करिब २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। रजिस्ट्रेसन र विज्ञापनबाट हुने आम्दानीका साथै उद्योगी, व्यवसायी, स्थानीय तह र विभिन्न संघ-संस्थाहरूबाट सहयोग संकलन गरेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ। भद्रपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउने पवित्र उद्देश्यका साथ यो आँट गरिएको र उत्कृष्ट व्यवस्थापनका साथै आर्थिक संकलन नै सबैभन्दा ठूलो चुनौती रहेको आयोजकले बताएको छ।
यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन भद्रपुर जेसीजका महाधिवेशन निर्देशक जेसी बसन्त पोखरेल, वर्ष २०२६ का अध्यक्ष जेसी सुरेन्द्र बहादुर खड्का र महाधिवेशन प्रचार प्रसार समितिका संयोजक जेसी अभिषेक ढुंगानाले सञ्चारकर्मी मित्रहरूबाट सकारात्मक सहयोग, प्रचार-प्रसार र रचनात्मक सुझावको अपेक्षा राखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार