मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

संखुवासभा कैदी मृत्यु प्रकरण
कैदी मृत्यु प्रकरणः अभियुक्त १५ जनासँग बयान सुरू

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

झापा संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरू भएको छ। हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतबार बिहान ११ बजेदेखि बयान सुरू भएको हो।

हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठजना कैदीबन्दीविरूद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।

जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरू भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न भएको अभियोग लागेका १५ जनासँग बयान थालिएको हो। अभियुक्तको बयान सकिन तीनदेखि चार दिनसम्म लाग्न सक्नेछ।

कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरूङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

त्यस्तै, कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ। चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारूमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरूद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो। भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरूमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसिटिभी क्यामरा फुटेजमा देख्न सकिन्छ। बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो

गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला कारागारका तीन कर्मचारी र तीनजना प्रहरीविरूद्ध मुद्दा नचल्ने निर्णय भएको छ।

निमित्त जेलर राजेन्द्र घिमिरे भदौ ६ गते पक्राउ परेका थिए। उनलाई त्यही दिन हाजिर जमानीमा छाडिएको थियो। उनीविरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए।

कारागारका सहायक कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्की भदौ १३ गते पक्राउ गरिएको थियो। प्रहरी जवानहरू कार्की, विक र सोङमीलाई अनुसन्धानका क्रममा भदौ १४ गते पक्राउ गरिएको थियो।

जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ। मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै