मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

नक्कली संधियार नभइ जग्गा धनी भएकाे खुलसा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

झापा भद्रपुरको एउटा जग्गामा देखिएको विवाद नक्कली संधियार नभई जग्गा धनीनै भएको वास्तविक तथ्य फेला परेको छ । वास्तविक संधियारलाइ जानकारी नै नगराई नक्कली सर्जमिन (मुचुल्का) बनाएर उद्योग स्थापनाको प्रक्रिया अघि बढाइएको भन्ने सुचना भ्रममात्र भएको भन्दै जग्गा धनीले प्रमाण पेस गरेपछि  वास्तविक तथ्य पुष्टि भएको हो ।
 झापा भद्रपुर नगरपालिका—५ स्थित घना बस्तिको विचमा ‘माता पाथीभरा भेनियर उद्योग’का लागि संयुक्त रुपमा सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा १ विगाहा क्षेत्रफलमा उद्योग स्थापनाका लागि वडाबाट सिफारिस बनाएका थिए ।  
 कित्ता नं. १५ र १८ मा स्थापना हुन लागेको उद्योगमा वास्तविक संधियारमा हेमकुमार घिमिरे,देव कुमार घिमिरे, लिलादास घिमिरे, सागर घिमिरे र आनन्द सरिया रहेका छन् । वडाले तयार गरेको सर्जमिन मुचुल्कामा पूर्बतर्फ आनन्द सरिया, पश्चिममा सडक, उत्तर र दक्षिणमा सागर घिमिरेलाई संधियार बनाएर सिफारिस गरिएको उल्लेख छ । उत्तरका संधियार हेमकुमार , देवकुमार र दक्षिण लिला दासको नाममा रहेको संयुक्त जग्गामा (काकाको छोरा) भाई सागरलाइ अनुमति दिएका थिए । नक्कली संधियार राखेर सर्जमिन बनाएको भन्ने हल्ला चलेपछि संधियार लिलादास घिमिरे र हेम कुमार घिमिरेले वास्तविक संधियार भएको उल्लेख गर्दै वडा नम्बर ५ को वडा कार्यालयमा लिखित मन्जुरीनामा दिएपछि वास्तविक तथ्य पुष्टि भएको हो । उनीहरुले सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा रहेको जग्गामा कुनै आपत्ति नभएको पत्रमा उल्लेख गरेका छन् ।

उनीहरुको जग्गामा भद्रपुरका महाविर मित्रुकाले उद्योग स्थापनाका लागि झापाको घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि सो कार्यालयले उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन भदौ ४ गते भद्रपुर नगरपालिका—५ लाई पत्र पठाएको थियो । उक्त पत्र अनुसार वडा कार्यालयले स्थलगत सर्जमिन मुचुल्का बनाएर दिएको थियो ।
घरेलु तथा साना उद्योगबाट प्रक्रियागत पुरा गरेर लिखित दिएको हुँदा वडाबाट सिफारिस दिएको भद्रपुर नगरपालिका—५ का वडाध्यक्ष बन्धु कार्कीले बताए । सर्जमिन मुचुल्का गलत नभएको र वास्तविक संधियार नै रहेकोले सिफारिस गरेको उनले बताएका छन् । वास्तविक संधियारले वडामा लिखित मन्जुरीनामा दिइसकेको उनले बताए ।

उद्योग नभई सामान राख्ने गोदाम जस्तो सञ्चालन गर्न लागिएको उद्योगी महाविर मित्रुकाले बताए । उनले सबै प्रक्रिया पुरा गरेर वडामा अनुमतिपत्र दिएको बताए । पाँच जनाको हस्ताक्षरसहित वडामा सिफारिस मागेको र वडाले पनि अनुमति दिईसकेको उनले जनाए । नियमअनुसार नै प्रक्रिया अगाडि बढाएको उनले बताए । जग्गा मात्र दर्ता गरिऐकोले गोदाम राख्ने नराख्ने भन्ने निश्चित नभएको उनको भनाई छ । सरला मित्रुका, सरिता मित्रुका र कोमल मित्रुकाले सागर घिमिरेबाट संयुक्त रुपमा जग्गा खरिद गरेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार