मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

विश्वप्रकाशको पहलमा चन्द्रगढीका राजवंशी युवाको उद्वार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

झापा । बैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका  झापाका एक युवाको झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा उद्दार गरी नेपाल ल्याइएको छ । झापा भद्रपुर नगरपालिका वडा नं. १० चन्द्रगढीका अजित राजवंशी दुबईमा बिरामी भएर थला परे पछि काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। अजित नेपाल आउन चाहन्थे तर नेपाल फर्किन सम्भव भएन । काम गर्न छोडे पछि पैसा पनि नभएर अलपत्र अवस्थामा पुगेका अजितलाई सांसद शर्माको पहलमा उद्दार गरिएको हो ।

दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिङ्क पठाएपछि, अजितको उद्वारको प्रक्रिया शुरु भएको थियो । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर अजितको जसरी भएपनी उद्वार गर्न आग्रह सहितको निर्देशन दिए पछि जनसम्पर्क समितिले तत्काल अजितको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।

कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करीब एक महिना पछि अजित हिजो काठमाण्डौ आईपुगे। उनलाई दुबईको एयरपोर्टबाट नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष तिम्सिनाले बिदाइ गगेका थिए भने काठमाडौको एयरपोर्टमा सांसद शर्माका तर्फबाट नेपाली काँग्रेस झापा १ काठमाडौ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला सहित समितिका सदस्यहरुले स्वागत गरेका थिए । अजित आज माघ १८ गते अपरान्ह झापा चन्द्रगढीस्थीत घर आईपुग्ने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार