झापा । झापामा आएको हावाहुरीका कारण बाह्रदशीमा लगाइएको केरा खेतीमा क्षति भएको छ ।
बाह्रदशी ७ बत्तिस बिघामा स्थानीयहरुले ६० बिघामा लगाएको केरा खेतीमा ठूलो
क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । त्यहाँ अनुमानित ३ करोड ६०लाख बराबरको क्षति भएको जानकारी पाप्त भएको छ ।