मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

कचनकवल गाउँपालिकामा धमाधम सिसिटिभी क्यामरा जडानगर्दै

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

कचनकवलको राजधानीको रुपमा चर्चामा रहेको बनियानी बजारको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ। विभिन्न स्थानहरुमा क्यामरा जडान गरिएकाले बनियानी बजारको निगरानी सिसि टिभी क्यामराले गर्ने भएको हो ।

मुख्य सडक र चौकमा जडान गरिएको क्यामराले अपराधिक गतिविधिमा कमी ल्याउनुका साथै अपराधिक मनसायलाई सचेत बनाउने छ।

कचनकवल गाउँपालिकाले मुख्य बजारको सुरक्षा र प्रहरी अनुसन्धानलाई सहयोग पुर्याउने उदेश्यले पहिलो कार्यभार सम्हालिरहँदा पुर्व सरकारले केचना माछा पोखरीमा लगाएको क्यामराको प्राथमिकतालाई वर्तमानको सरकारले साझा सरोकारको ठाउँ बनियानीमा लगाएपनि कामगर्ने अवस्थामा थिएनन्।दोस्रो वर्षको अवधिमा गाउँपालिकाले बिग्रिएका क्यामरालाई विस्थापन गर्दै पहिलो चरण अन्तर्गत प्रविधिमा लगानी गरेको भएपनि स्थानीय सरकारले लोकप्रियता देखाउन उद्घाटनको कुनै तामझाम नगर्दा वरिपरिका थुप्रैलाई सिसिटिभी रहेको सुइँको समेत छैन।

चाराली-केचना मुख्य सडक र बजारका मुख्य चौक आसपासका ९ स्थानमा क्यामरा जडान गरिएको गाउँपालिका सूचना तथा सँचार प्रविधि शाखा (आई.टी.अधिकृत) दिपेन्द्र गणेशले जानकारी दिए । उनका अनुसार ९ स्थानमा जडान भएको ३ वटा PTZ र ६ वटा फिक्स क्यामराले दृष्य र भिडियो रेकर्ड गर्न सकिनुका साथै ७००/८०० मिटर टाढाको निगरानी कार्यगर्ने उच्च क्षमताको रहेको बताए । 

कचनकवलमा पछिल्लो समय शृङ्खलाबद्ध चोरीका घटना बढेपछि गाउँपालिकाले पहल थालेको हो । ‘क्यामरा जडानले बनियानीको मुख्य बजार क्षेत्रमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ प्रहरी नायव निरीक्षक दिवस कुमार कार्कीले भने,–‘योसंगै व्यवसायीक सुरक्षा पनि हुनेमा विश्वास छ।

कचनकवल गाउँपालिका भित्र अपराधका गतविधिमा संलग्न भएर चाराली-केचना सडकहुदै भागेर जाने मुख्य द्वार बनियानी चौक भएकाले प्रहरीलाई अनुसन्धानमा सहजता हुने गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी बताउँछन् । बजार क्षेत्र र मुख्य चौकमा जडान भएका क्यामराहरुको निगरानी ईलाका प्रहरी कार्यालय बनियानीले गर्नेछ । बजारका कुन क्षेत्रमा के भइरहेको छ र त्यसको सवै विवरण ईलाका प्रहरीले नै रेकर्ड राख्ने छ ।

कचनकवलका सबै क्षेत्रमा तत्काल प्रहरी पुग्न नसकेको खण्डमा प्रहरीले क्यामराबाट निगरानी गर्ने र अपराधिलाई पक्राउ गर्नमा सजिलो हुने उपाध्यक्ष नवराज भट्टराईको भनाई छ । उनले कचनकवलमा जनघनत्व बढेसंगै प्रविधिको विकास हुनु सकरात्मक पक्ष भएको बताए । स्थानीय व्यापारीहरुले बजार क्षेत्रमा चोरी, लुटपाट र अपराधिक गतिविधि रोक्नमा सिसिटिभी क्यामरा जडान हुनु खुसीको कुरो भएको बताएका छन् ।

दिन दाहडै बजारमा व्यापारी, स्थानीय नागरिक लुटिने घटना यस अघि पनि हुने गरेकाले क्यामरा जडान पछि यस्ता घटनाहरु पूर्ण रुपमा रोकिने अपेक्षा स्थानीयहरुको छ । स्थानीय युवा ब्यवसायी पवन लामिछानेले भने मुख्य क्षेत्र मात्र नभई भोलीका दिनहरुमा कचनकवलका भित्री क्षेत्रहरुमा पनि सिसिटिभी क्यामरा जडान गर्न सरोकारवाला निकायलाई आग्रह गरे । उनले सिसि क्यामरा जडान भएको क्षेत्रमा अव अपराधिक गतिविधि कम हुन्छन नै तर भित्री सडकमा यस्ता गतिविधि बढ्ने भएकाले रोक्न क्यामरा जडान हुन जरुरी रहेको औंल्याए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै