मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

प्रिन्सिपल हत्या परस्त्रीसँगको सम्बन्ध नै मुख्य कारण

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

झापा बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो,’ एसपी काफ्लेले भने,‘ यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ ।’

उनका अनुसार सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको अनुसन्धानबाट खुलेको छ । यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए । त्यतिबेला सर्राफले प्रहरीमा कुनै जानकारी गराएका थिएनन् । उनले आफ्नो प्रेमसम्बन्ध परिवारमा समेत बताएका थिएनन् ।

सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ ।  काफ्लेले भने,‘ अनुसन्धानबाट धेरै कुरा खुलेका छन्, पत्रकार सम्मेलनमा बताउँछु ।’ सर्राफको सोमबार गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार