मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

प्रधानमन्त्री प्रचण्ड आज युएई जाँदै

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज युएई जाँदै छन्।

युएईको दुबईमा भोलिदेखि सुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप-२८)मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आज युएई जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड त्यहाँ हुने विभिन्न साइडलाइन समारोहमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

यससपालिको कोप सम्मेलनमा  नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्याबारे कुरा उठाउने तयारी गरेको छ।

नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरुसँग छलफल हुनेछ।

गत वर्ष इजिप्टको साम–इल-शेख सहरमा भएको कोप २७ मा नेपालसहित कम विकसित मुलुकहरूलाई जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि पैरवी गर्न दिइने अनुदानको रकम बढाउने  छलफल भएको थियो। सोहीअनुसार संयुक्त राष्ट्रसंघले वित्तीय कोष बढाउने निर्णय पनि गरेको थियो।

तर घोषणा कार्यान्वयनमा नआएको भन्दै उक्त घोषणालाई कार्यान्वयनमा लैजान यसपटक नेपालले पैरवी गर्ने भएको हो।

वन मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी उक्त सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालना गर्नुपर्ने गरी नेपालले आफ्ना धारणा पेश गर्नेछ।

यस्तै जलवायु अनुकूलनका लागि दोब्बर घोषणा गरिएको सहायता कोषलाई अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा पनि नेपालले जोड दिनेछ। यही वर्षदेखि आफ्नो छुट्टै पेभिलियन बनाएर छलफल चलाउने तयारी गरेको छ।

नेपालले हिमालय क्षेत्रमा देखा परेको जलवायु परिवर्तनको असर र न्यूनीकरणका लागि विश्व समुदायबाट प्राप्त गर्न सकिने सहयोगका बारेमा ती छलफल केन्द्रित गर्नेछ।

कोप–२८ मंसिर २६ (डिसेम्बर १२) सम्म दुबईमा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार