मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

डाक्टर यादव कोठाभित्रै मृत भेटिए

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

झापा  मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव आज बिहान मृत फेला परेका छन् ।

अस्पताल पछाडि डेरामा बस्दै आएका यादव कोठामै मृत भेटिएका हुन् । बिहान अबेरसम्म कोठा नखुलेपछि अस्पताल, छरछिमेकी सबै भएर बोलाउँदासमेत नबोलेपछि प्रहरी बोलाइएको थियो । कोठा भित्रबाट चुकुल लगाएका कारण प्रहरीले आएर यादवको परिवारमा सम्पर्क गरेको थियो । यादवका भेना आएपछि बिहान ८ बजे ढोका फुटाएर हेर्दा यादव मृत अवस्थामा भेटिएको अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले बताए । धनुषा औरही गाउँपालिका—१ का यादव डेढ वर्षयता अरनिको अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए। । मृतकको शव आफन्तले पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मानसिक रोगको औषधि सेवन गर्दै आएका डा. यादव केही दिन अघिदेखि एक्लै बस्दै आएका थिए । अविवाहित यादवले झुक्किएर औषधि डबल खाएको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार