मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

कांग्रेस चार करोड घाटामा

देश प्रदेश डेस्क 5228+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

झापा । सत्तारुढ मुख्य दल नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा रहेको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको हो ।

असार मसान्तसम्म कांग्रेसको खुद बाँकी बचत(घाटा) साधारण कोषमा सारेको कुल रकम चार करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ ८४ पैसा रहेको देखाएको छ । गतवर्ष तीन करोड ८४ हजार १३५ रुपैयाँ ८८ पैसा घाटामा रहेको थियो ।असार मसान्तसम्म कांग्रेसको आम्दानी कुल तीन करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ २९ पैसा रहेको छ । कुल आम्दानीमध्ये ५७ लाख ६० हजार ८०० लेभी, सदस्यता र नवीकरण शुल्क बापत उठेको जनाएको छ । चन्दा र सहयोग २ करोड ६५ लाख ६४ हजार ५७ रुपैयाँ रहेको छ ।

प्रकाशन बिक्री ९४ हजार ६५० रहेको छ । सम्पत्ति बिक्री÷लिलाम २ लाख २५ हजार छ । लगानीको आय ३८ लाख ३१ हजार २७० रुपैयाँ २९ पैसा रहेको छ ।गतवर्ष असार मसान्तसम्म कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुयैयाँ एक पैसा रहेको लेखा परीक्षणमा उल्लेख छ । कुल आम्दानीमध्ये सदस्यता, लेबी र नवीकरण शुल्क ७ करोड ४३ लाख तीन हजार ५०१ रुपैयाँ ४२ पैसा रहेको छ । चन्दा सहयोग ६ करोड ६८ लाख २४ हजार रहेको छ । प्रकाशन बिक्री ११ लाख ४९ हजार ४०० रहेको छ । लगानी आय ६७ लाख १७ हजार १८५ रुपैयाँ ५९ पैसा रहेको छ ।खर्चतर्फ कुल ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा रहेको जनाएको छ । निर्वाचन तीन करोड ८८ लाख ५७ हजार ९९३ रहेको जनाएको छ । यस्तै कार्यालय सञ्चालन खर्च तीन करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ ८ पैसा रहेको छ । भातृ सुगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार रहेको छ । ह्रास तथा अपलेखन ३९ लाख २६ हजार ६९६ रुपैयाँ पाँच पैसा रहेको छ ।गतवर्ष कुल खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ ८९ पैसा रहेको लेखा परीक्षणले देखाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार