मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बोगटी+चौधरी र गुरुङ+ठकुरी जोडीलाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

देश प्रदेश डेस्क 5474+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले हात पारेकाे छ।

आइतबार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् ।सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए ।

उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालले बताए ।

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको सचिव तीर्थराज ढकालले जानकारी दिए ।

यसैबीच, पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ ।

फाइनलमा उनीहरुले संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई सोझो सेटमा हराए । पहिलो सेट प्रतिस्पर्धात्मक भए पनि दोस्रो सेटमा सम्हालिन नसक्दा कार्की र खड्का उपाधिबाट चुके ।
गुरुङ र ठकुरीको जोडीले २३–२१ र २१–१८ को रिजल्ट निकाल्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै उनीहरुले नगद ५० हजार, ट्रफी र मेडल पाए । उपविजेता भएका कार्की र खड्काको जोडीले नगद ३० हजार ट्रफी र मेडलमा चित्त बुझायो ।

तेस्रो स्थानमा सीमित भएका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीले नगद १०–१० हजार, ट्रफी र मेडल पाएको संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक घिमिरेले बताए ।

भद्रपुरको मेची रंगशालाको कभर्ड संघका अध्यक्ष ढकालको पहलमा स्तरोन्नति गरेर प्रतियोगिता गराइएको हो ।

विजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, संघका अध्यक्ष दिपेश ढकाललगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार