मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

स्वास्थ्य शिविरमा ६३९ जनाले उपचार सेवा लिए

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१४ आषाढ २०८२, शनिबार

झापा स्वास्थ्य शिविरमा ६३९ जनाले उपचार सेवा लिएका छन् । शनिबार नेपाली सेनाको चारआली स्थित अरिदमन गणले मेचीनगर–२ को वडा कार्यालयको समन्वयमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बौद्वमोड नजिकै मेची जनसाधारण माविको परिसरमा आयोजना भएको स्वास्थ्य शिविरमा ६३९ जनाले उपचार सेवा लिएको वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।

उनका अनुसार शिविरमा सेवा लिएका ६३९ जनाले मध्ये ४३७ महिला र २०२ जना पुरुष रहेका छन् । शिविरमा २७० जनाले आँखा, १७ जनाले छाती, ६१ जनाले गाइनो, १८९ जनाले अर्थो र १०२ जनाले नाक, कान र घाँटीको उपचार गराएको बरालले बताए ।

सेना, मेची आँखा अस्पताल झापाका डाक्टरसहितको प्राविधिक टोली खटिएको र नेपाल औषधि व्यवसायी संघ झापाले औषधिहरु वितरण गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार