मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा अझै २८ जना उम्मेदवारले बैङ्क खाता खाेल्न बाँकी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

झापा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा हालसम्म ६२ जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेका छन् । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि २८ जना उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।

जिल्लामा ५ निर्वाचन क्षेत्रमा गरी ९० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म ६२ जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो ।

दिनका दिन ताकेता गरिरहेपनि मङ्गलबार सम्म ६२ जनाले मात्र बैंक खाता खोलेको झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । उनले ठूला दलका उम्मेदवारहरुले खोलिसकेको बताउँदै साना दलका उम्मेदवारहरुले खोल्न बाँकी रहेको जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि २५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका थिए ।

आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उनले जानकारी दिए । भूगोलअनुसार उम्मेदवारले २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार