मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


अष्टेलिया अर्बन सिड्निमा हिन्दु विद्यापीठ सुरू

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ माघ २०८२, शनिबार

झापा श्री  योनरहरिनाथ हिन्दु विद्यापीठ अष्टेलिया अर्बन सिड्निमा  हिन्दु विद्यापीठ सुरू गरिएकाे छ । वसन्त पञ्चमी (सरस्वती पूजा) काे अवसर पारेर जनवरी २३ शुक्रबार २०२६ का दिन देखि सनातन धर्म संस्कृतिको श्रद्धा भक्ति भाव जगाउँदै वैदिक विचारको अमृत ज्ञानलाई संरक्षण सम्वर्द्धन गर्दै, साहित्य, संस्कृति, संस्कार र सदाचारिका विषयहरुलाई छनौट गरी संस्कृत भाषाको अध्ययन सुरू गरिएकाे हाे ।
 श्री योगि नरहरिनाथ हिन्दु विद्यापिठ अष्टेलिया अर्वन सिड्निका अध्यक्ष नारायण शाश्त्रीको अध्यक्षता एवं
श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सेवानिवृत प्राध्यापक श्री १००८  श्री जगन्नाचार्य स्वामी महाराजजी को प्रमुख आतिथ्यमा सुरू भएकाे हाे । प्रमुख अतिथी श्री १००८ स्वामी जगन्नाचार्य महाराजजीले दिप प्रज्वलन  एवं व्यानर वाचन गरि कार्यक्रमको  उदघाटन गरेका थिए । साथमा गुरुजन बाट स्वस्तीबाचन ,  अन्तराष्ट्रीय गायिका जेनिशा गौतम र  बालकलाकार,अक्षिता तिमल्सिना  र आयुस्था तिमल्सिनाद्धारा सरस्वती बन्दना  गर्दै
बाल वालिकाहरुलाई अक्षर  लेख्न शुभारम्भ  समेत गरिएको थियो ।

 ग्राण्ड प्यालेशका प्रोपाइटर , कुशल व्यवसायिक  एवं विद्यापीठका प्रमुख संरक्षक रञ्जीत शाह ,  साउथओष्ट नेपाली कम्युनिटीका  अध्यक्ष  चतुर्भुज  खरेल  साउथ ओष्ट नेपाली कम्युनिटीका महासचिव प्रकाश पौडेल  सदस्य अनुप निरौला , अर्वन पार्क नेपाली समाजकी अध्यक्ष देवि पाण्डे, अन्तराष्ट्रीय गायिका जेनिषा गौतमको विशिष्ठअतिथ्य तथा  विद्यापीठका उपाध्यक्ष  रामहरी थापा , सदस्य सहनशिला श्रेष्ठ ,सदस्य कुश शर्मा पौडेल , समाजसेवी सम्झना पन्थ , सुर्यप्रसाद रेग्मी  लगायतका विशिष्ठ महानुभावको आतिथ्य रहेको थियो ।
 
 कार्यक्रममा  विशिष्ठ अतिथि चतुर्भुज खरेलले हिन्दु विद्यापीठलाई क्रमश विश्व विध्यालयको रुपमा स्थापना हुनेमा ठुक्क रहेको बताए । सबैको साथ सहयोगको लागि आव्हान समेत गरिएको थियो । मन्तव्यकै क्रममा  विद्यापीठका प्रमुख संरक्षक  समेत रहेका रञ्जीत शाहले   संस्कृत योगि नरहरिनाथ हिन्दु पिद्यापीठ अष्टेलिया सिड्नीमा शुभराम्भ भएकोमा सबैलाई आभार व्यक्त गर्दै आफ्नो क्षेत्रबाट  आवश्यकता अनुसारको साथ सहयाेग  गर्ने प्रतिवद्धता  व्यक्त  गरे । तत्काललाई पठन पाठनको लागि स्थान समेत उपलब्ध  गराउने  जानकारी समेत  दिए ।
कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी जगन्नाचार्य महाराजजीले  संस्कृत भाषा , १५३ भन्दा  भाषाको जननी भाषा , ५०० भन्दा बढी भाषालाई प्रभावित पार्ने भाषा  एक जाती वर्ग र भुगोलको मात्र   होइन विश्वव्यापी रुपमा लैजानु पर्ने बताए  । मोडन साइन्स भन्दा वैदिक साइन्सको महत्व बढ्दै गएको चर्चा गरे ।  हिमवतखण्ड  नेपाल बाट नै यसको प्रादुर्भाव भएको हुँदा नेपाल र नेपालीले  यसको बढी जिम्मेवारी  लिइ संसारका कुना- कुनामा संस्कृतभाषालाई पुर्‍याउनु पर्नेमा जोड दिए । अष्टेलियामा रहेका नेपाली दाजु भाइ दिदी बहिनी हरुको सोच र लगन शिलतालाई प्रशंसा गर्दै धन्यवाद सहितका आशिर्वचन दिएका थिए ।
 कार्यक्रममा श्री  योगि नरहरिनाथ हिन्दु विद्यापीठलाई योगदान गर्नु हुने चतुर्भुज खरेल , प्रकाश पौडेल र अनुप निरौला लगायत लाई सम्मान समेत गरिएको थियो ।


 शुभरम्भ कार्यक्रममा विद्यापिठ समितिका  अध्यक्ष नारायण शास्त्रीले स्वागत तथा  संस्कृत  हिन्दु विध्यापीठको औचित्यमाथि प्रकाश पारेको थियो भने पदाधिकारी  रामहरी थापा , सहनशिला श्रेष्ठ , कुश पौडेल ले  अतिथि सत्कार सम्मान गरेको थियो , त्यसैगरि   चेतना नेपाल तथा राष्ट्रीय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष एवं विद्यापीठका संरक्षक सदस्य इन्द्रप्रसाद ओलीले कार्यक्रम सञ्चालन गरेका थिए ।(स्राेत इन्द्रप्रसाद ओली)
 

प्रतिक्रिया

इन्द्र प्रसाद ओली ११ माघ २०८२, शनिबार

हार्दिक आभार सहित धन्यवाद

इन्द्र प्रसाद ओली ११ माघ २०८२, शनिबार

हार्दिक आभार सहित धन्यवाद

इन्द्र प्रसाद ओली ११ माघ २०८२, शनिबार

हार्दिक आभार सहित धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार