मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

सुडानमा बालबालीका माथि निसाना बनाएर गरिएकाे आक्रमणमा ३३ बालबाालीकाकाे ज्यान गएकाे छ ।
सुडानकाे कालाेगी सहरमा ड्राेन आक्रमणमा परि ३३ बालबालीकासहित ५० जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

एजेन्सी / सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ। 

सुडानको सेनासँग गृहयुद्ध लडिरहेको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) माथि सेनाले  एक किन्डरगार्टेन निशाना बनेको एक चिकित्सा संस्था, सुडान डक्टर्स नेटवर्कले बिहीबारको उक्त आक्रमण गरेको आरोप लगाएका छन्। आरएसएफले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

सेना निकट विदेश मन्त्रालयका अनुसार किन्डरगार्टेनमा ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको थियो। आक्रमणपछि विद्यालय पुगेका सर्वसाधारण र चिकित्सकहरूलाई पनि निशाना बनाइएको मन्त्रालयले थप जनाएको छ।

युनिसेफका प्रवक्ता शेल्डन येटले कालोगीमा भएको हमलाको प्रतिक्रिया दिँदै भने, ‘बालबालिकाहरूलाई उनीहरूको विद्यालयमा मार्नु बाल अधिकारको भयानक उल्लङ्घन हो। द्वन्द्वको मूल्य बालबालिकाले कहिल्यै तिर्नु हुँदैन।’ 

उनले सबै पक्षलाई यस्ता आक्रमणहरू तत्काल रोक्न र अति आवश्यक मानवीय सहायता पुर्‍याउन सुरक्षित पहुँच दिन आग्रह गरेका छन्।

यता, आरएसएफले पनि सेनामाथि शुक्रबार दारफुर क्षेत्रमा चाडसँगको अद्रे सीमा नाका नजिकैको इन्धन डिपोमा ड्रोन आक्रमण गरी बजारलाई निशाना बनाएको आरोप लगाएको छ। आरएसएफले सो नाका 'सहायता र व्यापारिक आपूर्ति' का लागि प्रयोग हुने बताएको छ। 

द्वन्द्व ट्र्याक गर्ने अनुसन्धानकर्ताहरूको समूह सुडान वार मनिटरका अनुसार उक्त आक्रमणले सर्वसाधारणमा क्षति पुर्‍याएको र बजारमा ठुलो नोक्सानी भएको छ। सेनाले भने दारफुरको रिपोर्टबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

सुडानमा सेना र आरएसएफबिच अप्रिल २०२३ देखि द्वन्द्व चलिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार