मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

ट्रयाक्टर दुर्घटनामा परी पाँचको मृत्यु, ९ जना घाइते

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । बुधबारराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो । सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन् ।

यस्तै, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेका छन् । भने घटनाबारे थप अध्ययन तथा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार