मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा   मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकामा भएको हिजो साँझ ७.५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । उनी घर विदा पूरा गरी व्यारेकतर्फ आउँदै गर्दा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सई पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार