मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


सरकारी वार्ता टाेलीद्वारा प्रसाईलाई चुनावी म्यान्डेट लिएर आउने सुझाव

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

झापा / 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' का संयोजक दुर्गा प्रसाईंलाई सरकारी वार्ता टाेलीले आफ्ना माग पुरा गर्न चुनावी म्यान्डेट लिएर आउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका प्रसाईंलाई यस्ताे सुझाव दिएका हुन् ।

'हामीले धर्म र राजसंस्थाका सन्दर्भमा अहिले केही गर्न मिल्दैन। यसका लागि चुनावको म्यान्डेट लिएर संसदबाट दुईतिहाइ ल्याउनुपर्छ,' प्रसाईंलाई दिएको सुझाव उद्धृत गर्दै प्रधानमन्त्री कार्कीका सल्लाहकार अजयभद्र खनालले भने।

महाअभियानसँग वार्ता गर्न गठित टोलीका सदस्यसमेत रहेका खनालले अगाडि भने, 'तपाईंहरू यसैलाई चुनावी मुद्दा बनाएर जानुस्, दुईतिहाइ ल्याउनुभयो भने आफै कार्यान्वयन गर्न सक्नुहुन्छ भनेर हामीले उहाँलाई सम्झायौं।'

उनले प्रसाईंसँग आइतबार 'निर्णायक वार्ता' हुने जानकारी पनि दिए।

खनालका अनुसार बिहीबारको बैठकमा मुख्य गरी प्रसाईंले आफ्ना पाँच मागमध्ये तीनवटामा मुख्य जोड दिएर कुराकानी गरेका थिए।

पहिलो, चैत १५ को आन्दोलन क्रममा दुर्गा प्रसाईं लगायतका अभियान्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने।

दोस्रो, वित्तीय संस्था, सहकारी तथा लघुवित्तसँग सम्बन्धित समस्या समाधान (कालोसूचीबाट २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा, ३५ दिने सार्वजनिक सूचना र लिलामी प्रक्रिया स्थगन एवं ऋणीको घरमा गरिने पिरलो अन्त्य) हुनुपर्ने।

तेस्रो, किराँत, बौद्ध लगायत धर्म, प्रदेश खारेजी तथा राजसंस्थाका सन्दर्भमा जनमत संग्रहको माध्यमबाट निर्णय लिनुपर्ने।

प्रसाईंसँगको वार्तामा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, सूचना तथा सञ्चारमन्त्री जगदिश खरेल र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए। प्रधानमन्त्रीका सल्लाहकारहरू अजयभद्र खनाल र गोविन्द नारायणमा पनि वार्तामा थिए।

यसबीच वार्ता सकेर बाहिरिएका प्रसाईंले भने आइतबारसम्म सम्झौता गरी सोमबारको मन्त्रिपरिषदबाट कार्यान्वयनको निर्णय हुने आश्वासन पाएको सञ्चारकर्मीहरूलाई बताएका छन्।

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा ओर्लिने चेतावनी पनि उनले दिएका छन्।​

सुरूमा २७ माग राखेर आन्दोलन घोषणा गरेका प्रसाईंले तत्काल सम्बोधन गर्नुपर्ने पाँच बुँदा अघि सारेका छन्।

सूचना तथा सञ्चारमन्त्री खरेल संयोजकत्वको सरकारी वार्ता समिति र महाअभियानबीच पुस १ देखि निरन्तर संवाद चलिरहेको छ। त्यही संवाद क्रममा प्रसाईंले आफ्ना मागहरू घटाएर पाँच वटामा झारेका हुन्।

यसअघि गत साता भएको वार्तामा प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न प्रसाईंलाई सुझाएकी थिइन्।

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै गौतम बुद्धको चित्र पनि उपहार दिएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार