मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


कोशीमा मिल्यो भागबन्डा, सरकार विस्तारको तयारी

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२२ माघ २०८०, सोमबार

झापा  । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।

सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

माओवादीबाट दुई मन्त्री

नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ । उनी दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको एक नेताले बताए ।

माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् । कार्की र बुर्जामगर सहभागी भए माओवादीका तीन मन्त्री हुनेछन् । मुख्यमन्त्री केदार कार्कीले यसअघि एक जना मात्रै मन्त्री नियुक्त गर्ने बताएका थिए । तर राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीलाई चित्त बुझाउन कार्की दुई वटा मन्त्रालय दिन तयार भएका हुन् ।

सत्तारुढ गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री बनेका केदार कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सार्दा कार्कीले डाक्टर शेखर कोइराला पक्षका ८ सांसदसँग मिलेर विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बनेलगत्तै उनले एमालेका रामबहादुर राना मगर र शमशेर राईलाई पहिलो चरणमा मन्त्री बनाएका थिए । कार्की गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरियो । मुख्यमन्त्री कार्कीले १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जबेगुलाई मन्त्री बनाएका थिए । १८ कात्तिकमा एमालेले सरकार छाडेको थियो ।

सहमतीय सरकार बनाउने प्रयास सफल नभएपछि उनले पार्टी भित्रको दबाब छल्नका लागि निरन्तर सरकार विस्तारको भाका सारे । सरकार विस्तारमा अलमल गरेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई सरकार विस्तारका लागि दबाब दिइरहेको छ । ‘हामीले आजै सरकार विस्तार गर्नुहोस् भनेका छौं, गर्नुहुन्छ होला’ माओवादी केन्द्रका एक नेताले भने, ‘खै किन ढिलो गरिरहनुभएको छ, धेरै लम्ब्याएर राख्न आवश्यक छैन ।’

मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लीलाबल्लभ घिमिरेले आजै सरकार विस्तारको तयारी भइरहेको बताए । ‘सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ’ उनले भने, ‘आज विस्तार गर्ने कुरा छ, आज नभए भोलि हुन्छ ।’

कुन मन्त्रालय कसलाई ?

सरकार विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्री कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय माओवादीलाई दिनेछन् ।

कांग्रेसले उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिनेछ । स्वास्थ्य मन्त्रालय जसपालाई दिने तयारी छ । जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएका कारण सो मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ ।

कोशी सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

राई, उप्रेती र जबेगूले १७ मंसिरमा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनीहरु विना विभागीय थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार