मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


भद्रपुर झापा गोल्डकपको उदघाटन खेलमा भद्रपुर व्लेजर्स विजयी

देश प्रदेश डेस्क 5476+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता भव्य समारोहका बीच बुधवारदेखि सुरु भएको छ ।

भद्रपुरस्थित मेची रंगशाला भएको उद्घाटन खेलमा घरेलु टोली आयोजक भद्रपुर ब्लेजर्सले पाहुना टोली भारत दार्जिलिङ पुलिस फुटबल क्लबमाथि संर्घषपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस फुटबल क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेका थिए । 

दर्शकले भरिभराउ अत्यन्तै रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोस १८ याडबाट दोस्रो वार च्याप्दै गरेको प्रहार गोल भएको थियो । खेलको ३९ औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोल रक्षक निगम सिंहबाट रिवाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईँले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्‍याएका थिए । खेलको ४२ औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिङ्गल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक सिंहसँग वान-टु-वान स्थितिमा उनले गोल गरे । खेलको ७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे । 

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सृजना गरेको थियो । खेलको ५० औं मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे । खेलको ५५ औं मिनेटमा नयन प्रधानले अर्को गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे । खेलको ७० औं मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए पनि प्रतियोगिताबाट बाहिरिनु पर्यो । खेलको ३४ औं मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर वचाउ गरे । ५३ औं मिनेटमा आशिष चापागाईँले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन्  । खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब सृजना गरेको भएपनि पहिलो खेलबाटै घर फर्कियो । खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले नगद २१ हजारसहित टर्फी पाएका छन् ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको धारणा राखे । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको र आगामी खेलमा यसलाई सुधारेर लैजाने बताए । 

उता दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेल्नु परेको बताए । टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ । खेलको दोस्रो हाफमा खेलाडीले मैदानमा राम्रो प्रदर्शन गरेपनि एक गोलले हार बेहोर्नु परेको उनको भनाई । बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक समितिले जनाएको  छ । 

मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता मानिएको यस गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् । भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन्। गोल्डकपको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । 

गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन्। गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन्।  गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ। त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ।  प्रत्येक दिन टिकट काट्ने एक जना भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था गरिएको गोल्डकपका अध्यक्ष दीपेश ढकालले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार