मुख्य समाचार
रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु |

‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम

देश प्रदेश डेस्क 5244+ समाचार ( )
१२ आषाढ २०८३, शुक्रबार

झापा जिल्लास्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगितामा झापाका चारवटा विद्यालय सान्तवनासहित उत्कृष्ट भएका छन् ।

‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक जिल्लास्तरीय खुला निबन्ध प्रतियोगितामा जिल्लाका निजी र सामुदायिक गरी ४० वटा विद्यालयले भाग लिएका थिए । 

सहभागिता जनाएकामध्ये देवकोटा एजुकेशन फाउन्डेसन कन्काईकी छात्रा अनुष्का गुराँगाइ प्रथम ,कन्काई माध्यमिक विद्यालयकी छात्रा कुशुम तामाङ द्धतिय , राष्ट्रिय रमणीय आवासीय मावि, दुधेकी छात्रा तृतिय र सान्तवनामा कञ्चनजङ्घा अङ्ग्रेजी मावि बिर्तामोडकी छात्रा निर्जला गौतमले उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

उनीहरुलाई चेतना नेपाल भद्रपुर–७ को आयोजनामा शुक्रबार लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्र्तराष्ट्रिय दिवस जुन २६ को अवसरमा  पुरस्कार वितरण गरिएको थियो । उनीहरुलाई क्रमश २५ हजार, २१ हजार, १५ हजार र सान्तवनास्वरुप ११ हजार नगदसहित प्रमामणपत्रद्वारा पुरस्कृत गरिएको थियो । विजेता प्रतियोगिलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले पुरस्कार वितरण गरेका थिए ।  
गत वैशाख ५ गतेदेखि सुरु भएको  निबन्ध लेखन अभियानको अन्तिम परिणाम अनुसार उनीहरुलाई छनौट गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी भएका ४० वटै विद्यालयलाई सहभागिताको प्रमाणपत्र तथा मायाको चिनो समेत वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष एवम प्रमुख प्रशिक्षक ईन्द्र प्रसाद ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यार्थी अवस्थादेखि नै लागुऔषध विरुद्ध सचेतना फैलाउन आवश्यक रहेको बताए । कानून वनेपनि कार्यान्वयन हुननसकेको उनले बताए । झापाका सवै पालिकामा चेतना नेपालको समिति गठनगरी समाजमा फैलिरहेको लागुऔषधको भयावह स्थितिलाई न्यूनिकरणका लागि अझ शसक्तरुपमा अभियान चलाउने बताए । संस्थाकी कार्यालय प्रमुख कल्पना भट्टराईले स्वागत मन्तव्य राख्दै सन्देशमुलक गित तथा कविता सुनाएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख पोखरेलले समाजमा बढ्दै गएको लागुऔषध दुर्वयसन न्यूनीकरण गर्न विद्यार्थी र विद्यालयको भूमिका अग्रपङ्क्तिमा रहने उल्लेख गरे । समाजले हेर्ने दृष्टिकोण फरक भएको लागुऔषध प्रयोग कर्ताले गुनासो गरेको उनले बताए ।  संस्थाका मानार्थ सदस्य शिवकुमार राजभण्डारी, विद्यालयका राजेन्द्र कुमार घिमिरे लगायतले  सचेतनामूलक अभियानले समाज रूपान्तरणमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाइले गरेका थिए ।
चेतना नेपााल एक सामाजिक रूपान्तरण, जनचेतना अभिवृद्धि र विकृति विसङ्गति विरुद्ध निरन्तर क्रियाशील रहँदै आएको एक प्रतिष्ठित र अगुवा सामाजिक संस्था हो । झापाको भद्रपुर–७ लाई मुख्य कार्यक्षेत्र बनाएर वि.सं.२०६८ मा स्थापना भई संस्थाले विशेष गरी युवा तथा विद्यार्थी वर्गलक्षित सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
समाजमा व्याप्त लागुऔषध दुव्र्यसन, बालविवाह र लैङ्गिक हिंसा जस्ता गम्भीर सामाजिक मुद्दाहरूमा चेतना जगाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार