मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुरका खरेललाई ‘उत्कृष्ट लोकपप गायक अवार्ड’

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

झापा/ झापाकाे भद्रपुर-१० चन्द्रगढी निवासी गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ प्राप्त गर्न सफल भएका छन् ।

भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा झापा भद्रपुर-१० का स्थायी बासिन्दा गायक खरेलकाे चर्चित गीत ‘दुई चुल्ठी’का लागि उत्कृष्ट लोकपप अवार्ड हात पार्न सफल भएका हुन् ।

मञ्चमा नेपाली लोकपप गीतको प्रतिष्ठा बढाएको भन्दै खरेललाई उक्त अवार्ड प्रदान गरिएको हो । खरेललाई भियतनामका पूर्व राष्ट्रपतिकी बुहारी हुयेन थि लिउले अवार्ड तथा सम्मानपत्र प्रदान गरेकी थिइन् ।

झापा जिल्लाको साविक गरामनी-४ कृष्णभिट्टामा वि सं २०३५ साल फागुन १४ गते बलराम तथा विष्णुमाया खरेलका पाँचौं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल पेशाले गायकको पहिचान बनाएर स्थापित व्यक्ति हुन् ।

हाल भद्रपुर-१० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि सं २०६० बाट ‘तिम्रो आगनम संगै…’ गीतको रेकर्डबाट सुरू भएको हो ।

‘दुई चुल्ठी…’ गीतसम्म आइपुग्दा दुई दर्जनबढी चर्चित गीत श्रोता माझ ल्याइसकेका खरेलको स्वरले देश विदेशसम्म पहिचान पाइसकेको छ । पछिल्लो समय चलचित्र गायनमा समेत सकृय खरेलले फर्मुला लगायत चलचित्रका लागि स्वर दिसकेका छन् । खरेलले भिडियो बन्नु अगाडि नै दुई चुल्ठी गीतको माध्यमबाट निकै चर्चा कमाइसकेका छन् ।

उनको कलाको उच्च मूल्याङ्कन गर्दै वि सं २०७४ सालमा उपराष्ट्रपतिको हातबाट राष्ट्रिय प्रतिभा सम्मान समेत प्राप्त गरेका छन् । त्यसयता खरेलले स्थानीय, क्षेत्रीय तथा प्रदेश स्तरीय सयबढी सम्मान तथा नगद सहित पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार