मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

उत्कृष्ट कृषक पुरस्कृत हुँदै

देश प्रदेश डेस्क 5351+ समाचार ( )
८ आषाढ २०८२, आइतबार

झापा / राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार १४ जना किसानलाई प्रदान गरिने भएको छ ।

प्रत्येक प्रदेशबाट दुई जनाका दरले छनोटमा परेका किसानलाई आगामी मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत गर्न लागिएको हो ।

प्रदेश सरकारले छनोट गरेर पठाएको नामका आधारमा पुरस्कार प्रदान गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पुरस्कारको राशि प्रतिव्यक्ति दुई लाख रुपियाँ रहेको छ । फरक फरक विधाबाट उत्कृष्ट पुरस्कारका लागि किसान छनोट भएका हुन् ।

मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले यसअघि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको नाममा मन्त्रालयबाटै पुरस्कार प्रदान गरिँदै आएकामा यस वर्ष भने राष्ट्रपतिबाट प्रदान गर्न लागिएको जानकारी दिइन् । किसानलाई कृषि पेसाप्रति हौसलासँगै प्रोत्साहन गर्न राष्ट्रपतिबाटै पुरस्कार प्रदान गर्न लागिएको उनले जानकारी दिइन् ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि कोशी प्रदेशबाट आर्य कृषि फार्म र रमेश कृषि फार्मलाई सिफारिस गरिएको छ । यस्तै मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्म र निजगढ केरा एग्रिकल्चर फार्म सिफारिसमा परेका छन् ।

बागमती प्रदेशबाट कालिका पशु विकास केन्द्र र ग्रिनलाइन एग्रो प्रालि, गण्डकी प्रदेशबाट ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फार्म र मित्र वाटिका कृषि फार्म सिफारिसमा परेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्म प्रालि, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपन्छी तथा कृषि फार्म र कैलाशेश्वरी कृषि तथा पोल्ट्री फार्म प्रालिलाई सिफारिस गरिएको छ ।

कृषिलाई उत्पादन, आम्दानी र रोजगारीको माध्यमबाट आकर्षण क्षेत्रका रूपमा विकास गर्नुका साथै युवालाई कृषि पेसामा आकर्षित गरी कृषि पेसालाई सम्मानित गर्न मन्त्रालयले गत वर्षदेखि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ । गत वर्ष कार्यविधि आउन ढिलाइ भएका कारण पुरस्कार प्रदान हुन नसकेको अब निरन्तरता दिने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार एवं सम्मानका लागि आवश्यक रकम मन्त्रालयले वार्षिक बजेट त्था कार्यक्रमका माध्ययबाट व्यवस्था गर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा पुरस्कारका लागि न्यूनतम मापदण्डसमेत निर्धारण गरिएको छ । अन्नबाली तथा दलहन तेलहन बालीका लागि तराईमा १५ कट्ठा र पहाडमा १० रोपनीमा खेती तथा पशुपालन गरेको हुनुपर्ने छ ।

यस्तै तरकारी बाली, पुष्प तथा मसला बालीका लागि तराईमा पाँच कट्ठा, पहाडमा दुई रोपनी प्लास्टिक हाउस हुनुपर्ने छ । केरा र उखुका लागि तराईमा एक बिघा र पहाडमा १० रोपनी, स्याउ एक हजार बोट, मौरीपालन ५० घार, माछापालन तराईमा पाँच कट्ठा र पहाडमा तीन रोपनीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै आलुका लागि तराईमा एक बिघा र पहाडमा १० रोपनीमा खेती गरेको हुनुपर्ने छ । च्याउका लागि १० वटा टनेल, अलैँची, अदुवा, चिया र कफीका लागि पाँच रोपनीमा खेती गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार