मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

‘मेरो पोषण साथी’ नामक मोबाइल एप सार्वजनिक

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

झापा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन्।

यहाँ ‘मेरो पोषण साथी’ मोबाइल एपका साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्दै उनले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताए। यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नेतको भनाइ थियो।

“आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो । हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौँ”, उनले भने।मन्त्री बस्नेतले रोग लागेर उपचार गर्नुभन्दा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि सचेतना जगाउन एप र स्रोत केन्द्र प्रभावकारी हुने मन्त्री बस्नेतले बताए।

मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले स्वस्थ नागरिकका लागि स्वस्थ आमा र स्वस्थ बालकका लागि उपयोगी हुने मोबाइल एफ तथा डिजिटल स्रोतकेन्द्र उपयोगी र महत्वपूर्ण हुने बताईन्। उनले समग्र स्वास्थ प्रणालीलाई सुधार ल्याउन नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न यो प्रयास महत्वपूर्ण हुने धारणा राखिन्।

मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशलले एपले गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफैँ लिनसक्ने आधार तय भएको बताईन्। उनले यो एप स्तनपान सुधारमासमेत उपयोगी हुने र सरकारले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा समेत सहयोगी हुने बताईन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले एपको शुभारम्भले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने बताए।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले आम नागरिकका साथसाथै स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता समेतलाई लक्षित गरेर डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र तयार गरिएको जानकारी गराए।

रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार