मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


झापाका बजारमा रासायनिक पदार्थ हालेर पकाएका आँप छ्याप्छ्याप्ती

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

झापा यो समयमा प्रत्येक फलफूल पसलमा पाकेका आँप बिक्रीका लागि राखिएको पाइन्छ । आँपको सिजन छिटोमा जेठको अन्तिमदेखि मात्र हो र त्यो समयदेखि मात्र खानयोग्य हुन्छ । तर, बजारमा दुई–तीन महिना अघिदेखि नै पाकेको आँप छ्यापछ्याप्ती पाइन थालेको छ । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन । किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ प्रयोग गरी पकाएर बिक्री वितरण गरिरहेको विज्ञहरू बताउँछन् ।

व्यवसायीले काँचो आँपलाई क्याल्सियम कार्बाइडजस्ता हानिकारक रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् । विज्ञका अनुसार त्यसरी पकाएको फलफूल स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन, त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताउँछन् । खाद्य ऐनमा नै कार्बाइड प्रयोग गरी पकाइएको फलफूल बिक्री गर्न पाइँदैन भनी उल्लेख भएका कारण त्यसरी पकाइएको आँप बजारमा बिक्रीवितरण गर्न नपाइने उनले बताए ।

‘कार्बाइड प्रयोग गरेको आँप अन्य मुलुकबाट पनि आयात गर्न पाइँदैन, भन्सार नाकामा नै यसलाई नियन्त्रण गर्नुपर्ने हो’ उनले भने, ‘कार्बाइड प्रयोग गरिएको आँप स्वास्थ्यका लागि हानिकारक हुन्छ, स्वास्थ्यलाई हानि गर्ने भएकाले बजारमा बिक्रीवितरण गर्न पाइँदैन ।’ तर, झापामा काँकडभिट्टा, भद्रपुर लगायतका नाकाबाट सयौं क्विन्टल अखाद्य आँप भित्रिरहेको छ ।

कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले भने, ‘सरकारले कार्बाइडलाई विषादीका रूपमा राखेको छैन, त्यसैले यसलाई सरकारले रोक्न सक्दैन ।’  उनले भने, ‘बजारमा यो सजिलो तरिकाले पाइन्छ, त्यही भएर व्यापारीले फलफूल पकाउनका लागि प्रयोग गर्दै आएका छन् ।’

यो विषादी नभए पनि मानव स्वास्थ्यका लागि जोखिम पदार्थ हो भन्दै उनले यसले स्वास्थ्यलाई असर पु¥याइरहेको हुनाले कार्बाइड प्रयोग गरी पकाइएका आँप तथा फलफूल खाँदा सावधानीपूर्वक खानुपर्ने बताए । कृत्रिमरूपमा पकाइएका आँप खाँदा बोक्रा फ्यालेर त्यसलाई पुनः धोएर काटेर खाँदा जोखिम कम हुने बताउँदै उनले खानुअघि नुन पानीमा राख्दा पनि जोखिम कम हुने जानकारी दिए । समयभन्दा पहिला नै कृत्रिम ढङ्गबाट पकाइएको आँप स्वास्थ्यका लागि जोखिमयुक्त नै हुने गरेको उनले बताए ।

क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइएको आँप खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखापर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

बिर्तामोडको कृषिउपज बजार कोशी प्रदेशकै ठूलो कृषिबजार हो । यहाँबाट देशभर तरकारी तथा फलफूल बिक्रीका लागि पठाउने गरिन्छ, तर फलफूलमा प्रयोग भएको रसायनको जाँच भने प्रभावकारी बन्न सकेको छैन । जसका कारण उपभोक्ता विषादीयुक्त फलफूल खान बाध्य छन् । यस्ता फलफूल खाएका अधिकांश बालबालिका बिरामी पर्ने गरेका छन् । ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार