मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बिर्तामोडमा ३२ सय दुर्व्यसनी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

झापा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्नका लागि बिर्तामोड नगरपालिकाले सचेतना कार्यक्रममा जोड दिएको छ ।

केही समयदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाले आज नगरका सबै जनप्रतिनिधिहरुलाई लागूऔषध दुर्व्यसनका बारेमा जानकारी दिएको छ । पुनर्जन्म समूह , नारी संचार गृह र समुन्नत नेपालको सहयोगमा नगरका जनप्रतिनिधिहरुलाई एकदिने अभिमुखीकरण दिइएको हो । कार्यक्रममा पुनर्जन्म समूहका राजु गिरी , नारी संचार गृहकी सावित्रा दाहाल र समुन्नत नेपालकी कोपिला बस्नेतले सहजीकरण गरेका थिए । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रहेकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सीमानाकामा खाद्यान्न ल्याउन कडाइ गरिरहँदा कसरी दिनहुँ लागूऔषध भित्रिन्छ भनेर आश्चर्य मान्दै सीमानाकामै लागूऔषध आपूर्ति गर्न रोक्नुपर्नेमा जोड दिइन् । उनले भयावह रुपमा बढ्दै गएको लागूऔषध दुर्व्यसनको समस्यालाई न्यूनीकरण गर्न सबै तह तप्काका व्यक्तिहरुले हातेमालो गर्नुपर्ने बताइन् ।

कार्यक्रममा जनप्रतिनिधिहरुसंगै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीलगायतको उपस्थिति रहेको थियो ।नारी संचार गृहकी अध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको संचालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

बिर्तामोडमा करिव ३२ सय जना लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । नगरको वडा नं ५ , ४ र १ मा धेरै दुर्व्यसनी रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार