मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

बिरामी हात्ती झापाकाे पाँचपोखरी वनमा मृत फेला

देश प्रदेश डेस्क 5360+ समाचार ( )
८ जेठ २०८२, बुधवार

झापा झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मृत फेला परेको छ । करिव दुई महिनाअघि घाइते अबस्थामा फेला परेको जंगली हात्ती आज मृत फेला परेको हाे।

 पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र वनका हेरालुले ड्युटी गर्दै जाने क्रममा आज दिउँसो २ बजे अन्दाजी ४० बर्षको भाले हात्ती मृत अबस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

अस्थायी प्रहरी चौकी मंगलबारे र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले खटिएर घटनास्थल सुरक्षित राखेको थियो । त्यस्तै डिभिजन वन कार्यालयका डिभिजन प्रमुख भरतबाबु श्रेष्ठ, वन अधिकृत सुरज निरौला, पशु चिकित्सक डाक्टर सोनाम भालसहितको टोली र कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु प्राबिधिक पुरुषोत्तम मुडवरीसहितको टोली आएको थियो । टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमपश्चात् सोही स्थानमा खाल्डो खनी गाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  लामो समयदेखि विरामी रहेको उक्त हात्तीलाई डिभिजन वन कार्यालयले प्रकृति संरक्षण कोषबाट चिकित्सक ल्याएर उपचार गरेको थियो । मृत हात्तीको दाह्रा छैन । गत फागुन २९ गते मेचीनगरको तेलपानी सामुदायिक वन क्षेत्रमा सो हात्ती घाइते अबस्थामा फेला परेको थियो ।

योसंगै यस आर्थिक वर्षमा झापामा दुईवटा जंगली हात्ती मरेको छ । गत फागुन २९ गते कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो ।

त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार