मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

नेपालीलाई रूस पठाउने १२ जना पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् । यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, पक्राउ परेकाहरुले सामाजिक सञ्जाल मार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरुसँग रकम असुली गरेर उनीहरुले यूएई हुँदै रुससम्म लैजाने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार, नेपाली युवालाई भिजिट भिसामा त्यहाँ लगिएको पाइएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) ले पनि यो मामलामा ‘जानकारीमा राखेको’ बताएको छ ।

ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले भने, ‘पहिले विमानस्थलमा हाम्रो टोली हुँदा भिजिट भिसामा रूस जानेलाई फर्काएका थियौं ।’ उनका अनुसार, रुसबाट फर्किएका मध्ये कोही पनि ब्यूरोको सम्पर्कमा छैनन् ।

रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन कूटनीतिक नोट पठाएको छ ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको आशंका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै